arrow

१४९ वर्षपछि लाग्दैछ दुर्लभ चन्द्रग्रहण, किन छ विशेष ?

logo
प्रकाशित २०७६ असार ३० सोमबार
lunar-eclipse.jpg

काठमाडौं । मंगलबार राति यस वर्षको दोस्रो चन्द्रग्रहण लाग्दैछ । यो आशिंक चन्द्रग्रहण हो । यो चन्द्रग्रहण राति पौने २ बजे शुरु भएर पौने ५ बजेसम्म जारी रहनेछ ।

सन् २०१९ को पहिलो चन्द्रग्रहण जनवरी २० र २१ को बीचको राति लागेको थियो । यो खग्रास चन्द्रग्रहण थियो । यो चन्द्रग्रहण नेपालबाट भने देखिएको थिएन ।

मंगलवारको चन्द्रग्रहणलाई वैज्ञानिकले हाल्फ ब्लड थन्डर मून इक्लिप्स नाम दिएका छन् । यसको आकार रातो देखिने भएकोले यसलाई यस्तो नाम दिइएको हो । चन्द्रमाको आकार पनि अन्य दिनको तुलनामा निकै ठूलो देखिन्छ । खगोल विज्ञानमा चासो राख्ने मानिसका लागि यो निकै मनोरम दृश्य हुनेछ । यो ग्रहण नेपाल, भारत, अष्ट्रेलिया, अफ्रिका, दक्षिण अमेरिका, एसिया र युरोपको अधिकांश हिस्सामा देखिनेछ ।

विज्ञानका अनुसार चन्द्रमा, पृथ्वी र सूर्य एकआपसमा सीधा रेखामा भएको खण्डमा ग्रहण लाग्छ । यदि सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आएको खण्डमा त्यसको छायाँ चन्द्रमामा पर्छ र चन्द्रमा देखिँदैन । यो अवस्थालाई चन्द्रग्रहण भनिन्छ ।

खगोल वैज्ञानिकका अनुसार मंगलवार राति लाग्ने ग्रहण सन् २०१९ को अन्तिम चन्द्रग्रहण हो । ज्योतिषका अनुसार यो ग्रहणको प्रभावले प्राकृतिक विपत्तिको कारण व्यापक क्षतिको आशंका गरिएको छ । यसअघि सन् १८७० जुलाई १२ मा गुरुपूर्णिमाको दिनमा चन्द्रग्रहण लागेको थियो । त्यसयता यस्तो भएको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ