arrow

क्याम्पियन कलेज स्नातक उपाधि समारोह २०७६ सम्पन्न

logo
प्रकाशित २०७६ असार ३१ मंगलबार
campaion-college.jpg

काठमाडौं। चौधरी गु्रपअन्तर्गत रहेको सिजि एजुकेशनद्घारा संञ्चालित क्याम्पियन कलेजले आफ्नो स्नातक उपाधि कार्यक्रम होटल हिमालयमा सफलतापूर्वक सम्पन्न गरेको छ। करिब १५० जना विद्यार्थीहरु उक्त कार्यक्रममा आफ्नो स्नातक उपाधि लिएका छन्। सो कार्यक्रम कलेज व्यवस्थापन समितिका अध्यक्ष दामोदर प्रसाद लामिछानेको अध्यक्षतामा र नविल बैँकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको प्रमुख आतिथ्यमा सञ्चालन भएको हो। उक्त कार्यक्रममा कलेजका प्राचार्य मनिता ओलीले स्वागत मन्तव्य रखेका थिए। 

कार्यक्रममा बेल्दै त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिक विज्ञानका डीन प्रा.डा.शिव लाल भुसालले स्नातक उपाधि प्राप्त विद्यार्थीहरुलाई सफल अध्ययन र उपाधिका लागि शुभकामना व्यक्त गरेका थिए। उनले भने, 'विद्यार्थीहरुको काँधमा थप जिम्मेवारी थपिएको र जिवनलाई सार्थक बनाउनुका लागि अब साँचै अगाडी बढ्नुपर्ने र समाज सेवामा लाग्नका लागि उत्प्रेरना हुनु पर्छ। यस्तै त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका डीन प्रा.डा.डिल्लीराज शर्माले आजको सूचना र प्रविधिको युगमा विद्यार्थीहरु आफूलाई अब्बल सावित गर्नका लागि आफूलाई अध्यावधिक गर्नु पर्ने र बजारका लागि तम्तयार रहनु पर्ने कुरामा जोड दिँदै सम्पूर्ण उपाधि प्राप्त विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरेका थिए। 

सिजि कर्प ग्लोबलका कार्यकारी निर्देशक निर्वाण कुमार चौधरीले सम्पूर्ण विद्यार्थीहरुलाई सफल जिवनका लागि शुभकामना व्यक्त गरेका थिए। 'विद्यार्थीहरुमा उद्यमशिलताको विकास गर्नुपर्ने र विद्यार्थीहरुले विश्व सुहाँउदो परिवेशमा आफूलाई परिमार्जन गर्नु पर्छ। आफूमा रहेको क्षमताको भरपूर प्रयोग गर्न र विद्यार्थीहरु उर्जावान बन्दै देशको विकासका लागि महत्वपूर्ण योगदान दिनु पर्छ,' उलने भने।

कार्यक्रमका प्रमुख अतिथि रहेका अनिल केशरी शाहले “खुसी” रहनु र खुसीमा जिवनको सार्थकता खोज्न विद्यार्थीहरुलाई उत्प्रेरणा दिएका थिए। उनले विद्यार्थीहरुमा रहेको दक्षतालाई जोड दिँदै विद्यार्थीहरुलाई उर्जावान बन्न र आफ्नो उदेश्यमा लगनशिलताका साथ निरन्तर रुपमा लाग्न लभिप्रेरित र सम्पूर्ण विद्यार्थीहरुको उज्जवल भविष्यका लागि शुभकामना दिएका थिए।

कार्यक्रमको समापन मन्तव्य व्यक्त गर्दै अध्यक्ष दामोदर प्रसाद लामिछानेले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ