arrow

इन्टरनेटको लतमा दक्षिण कोरियाका झण्डै डेढ लाख युवा, लत छुटाउन बनाइयो क्याम्प

logo
एजेन्सी
प्रकाशित २०७६ असार ३१ मंगलबार
mobile-internet-1.jpg

काठमाडौं । दक्षिण कोरियाको इन्टरनेटको स्पिड विश्वको कुनै अन्य मुलुकको तुलनामा तीव्र छ । यहाँ करीब सबै मानिससँग स्मार्टफोन छ र सबै इन्टरनेटसँग जोडिएका छन् । तर, यसको लतको कारण युवाहरु मानसिक र शारीरिकरुपमा बिरामि भइरहेका छन् । 

मुलुकभर यस्तो केन्द्र खोलिएको छ, जहाँ युवालाई इन्टरनेटको लत छुटाउन सहयोग गरिन्छ । धेरै स्कुलमा यसको लागि केही विशेष प्रोग्राम पनि शुरु गरिएको छ ।
 
गत वर्षको आधिकारिक आँकडा अनुसार १ लाख ४० हजार युवा इन्टरनेटको चपेटामा छन् । प्रतिवेदनअनुसार यो संख्या थप बढ्न सक्ने बताइएको छ । दक्षिण कोरियाको नेशनल हेल्थ सर्विस (एनएचएस)का अनुसार कुनै पनि कुराको लत त्यसमा नियन्त्रण राख्न नसकेको खण्डमा लाग्ने गर्छ । 

अक्सर इन्टरनेटको लत युवा मानसिक तथा शारीरिक रुपमा बिरामि भएको खण्डमा लाग्ने गर्छ । यसपछि मानिसहरु छटपटीमा पर्ने गर्छन् । जसको कारण निद्रा र खाना जस्ता जरुरी काम पनि गर्न मन लाग्दैन । ठूलो संख्यामा युवा लत छुटाउन क्याम्पमा जाने गरेका छन् । 

क्याम्पमा युवा अनलाइनमा कसरी दूरी बनाइराख्ने भन्ने कुरा सिक्छन् । मुजु सहरको क्याम्पमा अनलाइनको लत छुटाउन आउनेको संख्या सन् २०१४ यता १२ सय पुगिकेको छ । यो क्याम्पमा निकै कडा नियम छ । यहाँ फोनको साथै कुनै पनि विद्युतीय सामग्री लैजाने अनुमति छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ