arrow

प्रदेश २ मन्त्रिपरिषद्को बैठक : मन्त्री र राज्यमन्त्रीको एक महिनाको तलब बाढीपीडितलाई 

उद्धार तथा पुनःस्थापनालाई तीब्र बनाउने निर्णय 

logo
निरञ्जन कुमार साह 
प्रकाशित २०७६ असार ३१ मंगलबार
province2-cabinet.jpg

जनकपुरधाम । केही दिनदेखिको अविरल वर्षा र बाढीले प्रभावित परिवारको राहतको लागि प्रदेश नम्बर २ सरकारले  मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले एक महिनाको तलब दिने भएका छन् । 

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीब्रता दिने निर्णय पनि गरेको छ । बैठकले मन्त्री र राज्यमन्त्रीहरुको एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय पनि गरेका छन् । यसका साथै मन्त्रिपरिषद्ले साउन १ गतेदेखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुट्न आग्रह गर्ने निर्णय पनि गरेको छ । 

बाढीले प्रभावित परिवारहरुलाई राहत कार्यमा कुनै कमि हुन नदिन प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहनेगरी एउटा राहत आपूर्ति तथा अनुगमन समिति गठन गर्ने निर्णय पनि गरेको छ । सो  समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्ति सहित अनुगनम र निरीक्षण समेत गर्नेछ । प्रदेश सरकारले यस अघि राहत वितरणका लागि प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन समेत सोही समितिले गर्ने छन ।  प्रदेश सरकारले यसअघि नै बाढीबाट मृत्यु हुनेको परिवारलाई ३ लाख राहत उपलब्ध गराउने निर्णय गरि



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ