arrow

संगितकार कालीप्रसादलाई 'समाचार'मा धुन चोरेको आरोप

logo
प्रकाशित २०७६ असार ३१ मंगलबार
Kali-Prasad-Baskota.jpg

काठमाडौं। प्रसिद्ध संगीतकार काली प्रसाद बास्कोटाको संगीत संयोजनमा बनेको गीत ‘समाचार’मा संगीत अरुकै गीतबाट लिइएको पाइएको छ ।

हेटौडाका गायक तथा संगीतकार बिक्की महतले झण्डै दश महिना अगाडी रेकर्ड गराएको गीत ‘बुझाई देउन’सँग ‘समाचार’को संगीत मिल्न गएको हो । बिक्कीले आफ्नो फेसबुकमा समाचारले आफ्नो गीतको धुन चोरेकोमा आफु छक्क परेको लेखेका छन्।

महत अहिले बास्कोटासँग प्रतिलिपी अधिकारको विषयमा छलफलको लागी प्रयत्नरत छन् भने प्रहरी कार्यालयमा रिपोर्ट समेत दर्ता गराइसकेका छन् ।

प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा भने अहिलेसम्म यो रिपोर्ट पुगिसकेको थिएन । तर प्रहरी प्रशासनबाट चित्तबुझ्दो नतिजा नआएपछी सोमबार भने महत प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पुगेका छन् ।

यसअघि पनि उनलाई ‘ईन्सटाँको फोटो’ भन्ने गीतमा उनलाई संगित चोरिको आरोप लागेको थियो। उनले कार्ला ब्रुनीको फ्रेन्च गीत केलक्याँबाट संगित हुबहु चोरेको आरोप लागेपछि सामाजिक संजाल तरंगित भएको थियो।

महतले प्रहरीमा दिएको उजुरीपत्र:

उनले आफ्नो गीत र कालिप्रसादको ‘समाचार’को गीतलाई एकै बनाएर युट्युबमा राखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ