arrow

भारतको लोकसभाका सबै सांसदलाई संस्कृत सिकाईने, संसदमै १० दिने शिविर

logo
प्रकाशित २०७६ असार ३१ मंगलबार
sanskrit-bharati.jpeg

काठमाडौं । राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले देशमा संस्कृतलाई आम बोलचालको भाषा बनाउने दिशामा जोड दिन शुरू गरेको छ।

गल्ली र शहरदेखि अब देशको सबैभन्दा ठूलो पञ्चायत संसद भवनमा समेत दश दिनको शिविर लगाउने तयारी सुरु भएको छ । यो योजना आरएसएसको अनुषाङ्गिक संगठन संस्कृत भारतीले तयार पारेको आजतकले तयार पारेको एक रिपोर्टमा उल्लेख छ । 

संसद भवनमा संस्कृत सिकाउनेवाला शिविरको आयोजनका लागि संघ उत्साहित छ । किनकी यसपटक संसदमा संस्कृतमा शपथ लिनेवाला सांसदको संख्या पहिले भन्दा धरै भएको छ । यस पटक अँग्रेजीमा शपथ लिनेवाला सांसदहरुको संख्या निकै कम भएको छ। संघले आगामी लोकसभा चुनावमा अँग्रेजी भन्दा संस्कृतमा सपथ लिनेको संख्या धेरै गराउने प्रयास गरिरहेको छ। अँग्रेजीको दबदबालाई चुनौती दिँदै देशमा संस्कृत प्रेमीहरुलाई यो सपथ ग्रहणले ठूलो सन्देश दिएको छ। 

संसद भवनमा सम्भाषण शिविर लगाउनको लागि सिलसिलामा संस्कृत भारतीका अखिल भारतीय संगठन मन्त्री दिनेश कामतको पछिल्लो दिन लोकसभाका सभामुख ओम बिडलासँग भेटघाट गरि यस्तो आग्रह गरेका थिए । उनले छिट्टै दश दिनको लागि शिविर आयोजित गर्ने आश्वासन दिएका छन् । 

के सिकाइन्छ १० दिनमा संस्कृत
संस्कृत भारतीको दिल्ली प्रान्त मन्त्री कौशल किशोर तिवारीका अनुसार संसद भवनमा कूल २० घण्टाको यो शिविर दश दिनसम्म चल्नेछ । हरेक दिन दुई घण्टा सांसदहरुलाई संस्कृत लेख्नको लागि पढ्न र बोल्न प्रशिक्षण दिइन्छ। प्रशिक्षण संस्कृत भारतीसँग जोडिएका आचार्यहरुले दिनेछन् । उनले बताए कि कैयौं सांसदले स्वयं संगठनद्वारा यस्तो शिविर लगाउने इच्छा जनाएको छ । यो प्रशिक्षणले केही पनि नजानेका सांसदहरुले पनि सामान्य बोल्न सक्न सक्नेछन्। विशेषगरी यो प्रशिक्षण सांसदहरुलाई संस्कृतप्रति आकर्षित गर्न प्रभावकारी बन्ने संस्कृत भारतीको बुझाइ छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ