arrow

उपभोक्ताको ढाड सेक्ने गरी बढ्यो इन्टरनेटको मूल्य 

logo
प्रकाशित २०७६ साउन १ बुधबार
internet-.jpg

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले साउन १ गते बुधबारदेखि इन्टरनेट सेवाको मूल्य १३ प्रतिशतले बढाएका छन् ।

सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने अडान नछाडेपछि प्रदायकहरुले शुल्क पनि १३ प्रतिशतले नै बढाएका हुन् । 

 गत वर्ष नै सरकारले नयाँ आर्थिक वर्ष सुरु भएसंगै १३ प्रतिशत सेवा शुल्क लिने बजेटमा उल्लेख गरेको थियो ।

सेवा प्रदायकहरुको संस्था आईएसपीएनले सरकारले सेवा शुल्क लिने भएपछि आफूहरु शुल्क बढाउन बाध्य भएको जनाएको छ । 

त्यतिबेला नै सरकारले प्रदायकबाट सेवा शुल्क लिने बताएपछि व्यापक विरोध भएपछि विभिन्न शीर्षकमा सहुलियत दिएर शुल्क नबढाउने सहमति भएको थियो । 

तर त्यो सहुलियत नदिएको भन्दै प्रदायकले उपभोक्तामाथि बोझ थपेर सरकारलाई सेवा शुल्क तिर्ने भएका हुन् । 

नेपालको इन्टरनेट सबैभन्दा महंगो मानिन्छ । यसरी शुल्क अझै बढाएसंगै उपभोक्ताको ढाड अझै बढी सेकिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ