arrow

लोकसेवाको फारममा ठगी गर्दै आएको स्टेशनरी सहमति पछि खुल्यो

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ साउन १ बुधबार
books.jpg

महेन्द्रनगर । लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि खोलिएको छ ।

लोक सेवा आयोगले विभिन्न पदमा आव्हान गरेको बिज्ञापनमा  दरखास्त आवेदन भर्ने नाममा विद्यार्थीलाई ठगेको भन्दै बुधवार बिहान कञ्चनपुरका  विद्यार्थी सङ्गठनले महेन्द्रनगरको गल्ती नगर १ स्थित विपिन बुक्स एण्ड स्टेशनर्स बन्द गराएका थिए ।

लोकसेवा आयोगले आव्हान गरेको विभिन्न तहको बिज्ञापनमा आवेदन भरेका थुप्रै आवेदकहरुले प्रवेशपत्र लिन बाँकी रहेको र उक्त प्रवेश पत्र रोकिदा थप समस्या पर्ने भएकाले सहमती गरि स्टेशनरी खोलिएको हो  । पिडित आवेदनकर्तालाई क्षेतिपुर्ती दिने सहमती बनेपछि स्टेशनरी खोलिएको महेन्द्रनगरका पत्रकार मनोज भट्टले बताए ।

नेवि सङ्घ, अखिल क्रान्तिकारी र अनेरास्ववियुका विद्यार्थी नेताहरूले आवेदन कर्ता विद्यार्थीलाई ठगेको भन्दै पसलै बन्द गराएर ठगी गर्नेमाथि कारबाहीको माग राखेका छन् ।

विपिन बुक्सका सञ्चालकले अधिकांश विद्यार्थीबाट दोब्बर दस्तुर लिएर पनि फारम नभरेको, भरेपनि प्रमाण पत्र परिर्वतन गराइ विद्यार्थी ठग्दै गएपछि पसलै बन्द गराएको नेवि सङ्घका केन्द्रीय सहमहामन्त्री अच्युत कलौनीले बताए । विद्यार्थी नेताहरूले पसलका सञ्चालकका भाइ बताउने खेमराज पौडेल र राजु ढकाललाई प्रहरीको जिम्मा लगाएका छन् ।

उनीहरूलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका दुवै जनाले कुनै पनि विद्यार्थी नठगेको बताएका छन् । विपिन पुस्तकका सञ्चालकका भाइ बताउने राजु ढकालले कुनै पनि विद्यार्थीलाई नठगेको र हजारौँको काम गर्दा मानवीय त्रृटि हुनसक्ने बताए ।

विपिनबाट महिला विकास सहायक र नासुको फारम भरेकी तुलसी कुमारी बोहराले बैङ्कमा रकम दाखिला नै नगरेको बताइन् । दुवै पदमा फारम भर्नका लागि सञ्चालकलाई दोब्बर रकम बुझाएपनि बैङ्कमा रकम जम्मा नगरिदिँदा समस्यामा परेको उनले गुनासो गरिन् ।

विपिनबाटै प्राविधिक सहायक पदमा फारम भरेका प्रेम बहादुर रानाले पनि बैङ्क भौचर नदिएको बताए । ‘मैले दोब्बर दस्तुरमा फारम भरे, ‘उनले भने, ‘तै पनि मैले भौचर पाएन् मेरो पनि फारम भरेको छ, वा छैन ।’ कञ्चनपुर प्रहरीले विद्यार्थीलाई ठगे नठगेको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ