arrow

भाजपा सांसद रवि किशनलाई डान्स गरेको आरोपमा बाबुले पिट्थे पेटीले

logo
प्रकाशित २०७६ साउन १ बुधबार
ravi.jpg

काठमाडौं । भाजपा सांसद तथा भोजपुरीका अमिताभ बच्चन भनिने रवि किशन अहिले आफ्नो ५० औं जन्मदिन मनाइरहेका छन् । रवि किशन बलिउडमा प्रवेश गर्नुअघि नै स्टार बनिसकेका थिए । रवि किशनले यदि सबैले प्रेम दिएको अवस्थामा आफू नोकर बन्न पनि तयार रहेको बताएका छन् । अहिलेसम्म उनले २ सय फिल्ममा काम गरिसकेका छन् । उनकी पत्नीको नाम प्रीति हो ।
 
११ कक्षमा पढ्दा नै रविको भेट भएको थियो । पाँच दिदीभाइमा रवि सबैभन्दा कान्छा हुन् । रविका पिता एक सामान्य व्यवसाय चलाउँथे । रविको शुरुवाती दिनमा भने जीवन संघर्षपूर्ण थियो । रविलाई कहिल्यै पनि पढाइमा मन लागेन । एक अन्तर्वार्ताको क्रममा उनले आफूलाई सामान्य कामको लागि पनि पैसाको अभाव हुने गरेको बताए । उनी अमिताभ बच्चनका ठूला फ्यान हुन् ।

रविका पिता उनी दूधको व्यापारी गरेको हेर्न चाहन्थे । यो कुरामा उनका पिताले रविलाई पेटीले पिट्दै डान्सर बनेकोमा आक्रोश व्यक्त गरेका थिए । तर, १७ वर्षको उमेरमा उनी आमासँग ५ सय भारु बोकेर मुम्बई आएका थिए । उनले आफ्ना बाबुको पिटाइ नखाएको भए आफू नराम्रो काममा लागिसकेको हुने बताए ।

रविले आफ्नो पहिलो फिल्मबाट ५ हजार भारु पाएका थिए । यो पैसाले उनले बाइक खरीद गरेका थिए । रवि किशनलाई ‘तेरे नाम’पछि बलिउडमा पहिचान मिलेको थियो । त्यसपछि उनलाई अन्य भोजपुरी फिल्ममा कामको अवसर आएको थियो । बिस्तारै उनी भोजपुरी स्टार बन्न सफल भए । अभिनयका साथै उनी डान्समा पनि अगाडि छन् ।

भोजपुरी नायक रवि किशनले उत्तर प्रदेशको गोरखपुर क्षेत्रबाट उम्मेदवारी दिएका थिए । भारतीय जनता पार्टीबाट उम्मेदवार बनेका उनी ३ लाख एक हजार ६६४ मतान्तरले विजयी भए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ