arrow

परिक्षा फारमको म्याद बढाउन ज्ञापनपत्र

साउन ५गतेसम्म थपियो म्याद

logo
प्रकाशित २०७६ साउन २ बिहिबार
tu-student.jpg

काठमाडौ ।  देशका पहाडी एवं‌ तराईको बिभिन्न क्षेत्रमा गएको बाढी, पहिरो तथा प्राकृतिक बिपतको कारण विद्यार्थीहरुले फारम भर्न सम्भव नभए भन्दै नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

त्रिवि परिक्षा नियन्त्रण कार्यलयका नियन्त्रकलाई नेविसंघका निबर्तमान केन्द्रीय उपाध्यक्ष सागर परियार लगायतले ज्ञापनपत्र बुझाएका हुन् ।

उनिहरुले प.नि.का. त्रिविद्वारा तोकिएको बिभिन्न संकायको परिक्षा आबेदन फारमको निर्धारित मितिमा प्रभावित क्षेत्रका विद्यार्थीहरुले फारम भर्न सम्भव नभएको कारण सो अवस्थालाई लक्षित गरि आम विद्यार्थीहरुलाई अनुकुल हुने गरी  म्याद थप गर्न माग गरेका छन् ।

उनीहरुको मागलाई सम्बोधन गर्दै साउन ५ गतेसम्म फर्म भर्ने म्याद बढाएको बिहिवार सूचना निकालेर जनाएको छ।त्यसैगरी दोब्बर दस्तुर तिरेर ६ गतेदेखि १२ गतेसम्म फर्म भर्न सकिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ