arrow

बलिउडमा राजेश खन्नाको क्रेजः गाडीको धूलोले सिउँदो रंगाउँथे युवतीहरु

सेतो कार चुमेर रंगिन बनाउथेदेखि एक झलक पाउनका लागि तड्पीन्थे युवतीहरु, यस्तो छन् उनका किस्सा

logo
प्रकाशित २०७६ साउन २ बिहिबार
rajesh-khanna.jpg

काठमाडौं । राजेश खन्ना भारतीय सिनेमाका पहिलो सुपरस्टार हुन् ।  राजेश खन्ना एक कलाकार मात्र नभइ एक स्टार थिए जसको स्टारडमबाट सबै पागल बनेका थिए । युवतीहरु उनको एक झलक पाउनको लागि तड्पि रहन्थे। राजेश खन्नाको सुपरस्टारडम लामो समय भने चलेन । तर जसरी छोटो समयमै उनलाई दर्शकहरुले चहे , उनलाई लिएर जो पागलपन थियो, त्यस्तो सायद हिन्दी फिल्मका कुनै पनि अभिनेताको भाग्यमा रहेन । बिहिबार राजेश खन्नाको पुण्यतिथि हो ।

राजेश खन्ना माथि लेखिएको किताब 'द अनटोल्ड स्टोरी अफ इन्डियाज फर्स्ट सुपरस्टार' मा लेखक यासिर उस्मान लेख्छन्- "बंगालमा एक बुजुर्ग महिला थिइन् । उनलाई मेलै सोधे - 'राजेश खन्ना के थिए तपाईको लागि ?' उनले भनिन्-'तपाई बुझ्नुहुन्न् । जब हामी उनको फिल्म हर्थियौ तब हाम्रो र उनको बकैदा डेट भैरहेको हुन्थ्यो ।''

राजेश खन्ना चलचित्र मात्र नभएर उनको स्टाइल, उनको रंगिन शर्ट लगाउने तरीकाले दर्शकलाई आकर्षित गरेको थियो । उनले परेलालाई हल्का झुकाएर गर्दन बांङ्गो पार्दै हेर्दा दर्शक भुतुकै हुन्थे । यी सबैले उनलाई अन्य स्टार्स भन्दा अलग बनाएको थियो । जब उनको सेतो कार कतै रोकिन्थ्यो तव युवतीहरुको लिपस्टिकको रंगबाट उनको गाडीलाई चुम्बन गरेर गुलाबी बनाउथे ।  यति मात्र हैन राजेश खन्नाको गाडीको धूलले युवतीहरु आफ्नो सिउँदो सजाउथे । उनिहरुले राजेशलाई आफ्नो श्रीमान मानथे।

राजेश खन्ना जस्तो स्टारडम पाउने स्टार न बलिउडमा कहिले बने न कहिले बन्ने सम्भावना नै छ । राजेश खन्नाको बारेमा एक किस्सा पनि छ, उनि अहंकारी थिए र सेटमा सधै ढिलो जान्थे । राजेश खन्नाले कहिले कुनै चीजको लागि आफ्नो लाइफ-स्टाइल बदलेनन् । उनि सेटमा तब आउथे जब उनको मन गर्दथ्यो । यसका बावजूद पनि चलचित्रका निर्माता र निर्देशक आफ्नो चलचित्रमा खेलाउन लाइन लग्दथे।

राजेश खन्नालाई राष्ट्रीय पहिचान फिल्म 'आराधना' बाट मिलेको हो । राजेश खन्नाको ६९ देखि ७५ सम्मको जुन समय थियो त्यसको तुलना कसैसँग गर्न सकिन्न ।  राजेश खन्नाको लोकप्रियता जहांसम्म थियो त्यहाँ सम्म कुनै अभिनेताको पुगेनन् र सायद पुग्ने छैन । यसको कारण थियो मानिसहरु उनिमा आफेलाई देख्थे र उनको मुस्कान युवतीहरुलाई निकै आकर्षित गर्दथ्यो ।

राजेश खन्नाले आफ्नो बलिउड करियरमा १८० भन्दा ज्यादा फिल्महरुमा अभिनय गरे । उनको १९६६ मा रिलिज भएको फिल्मबाट  बलिउडमा पाइला राखेका थिए । यसपछि उनको सुपरस्टार बनने यात्रा सुरु भयो ।

भनिन्छ संसारमा हरेक राम्रो मानिसको क्रम सधै त्यस्तै रहदैन यति चर्चामा रहेका राजेशको पनि त्यस्तै भयो । उनि सफलताको शिखरलाई राम्ररी सम्हाल्न सकेनन् र गुमनाम भएर जीवको अरु समय बिताए ।

सन् २०१२ अगस्ट १८ मा उनले संसारबाट बिदा लिए । उनको अंतिम यात्रामा पनि मानिसहरुमा त्यहि उन्माद देखिएका थिए जुन १९७० मा उनले स्टारडम हासिल गरेपछिको थियो । अभिनेताको अन्तिम यात्रामा उनिसँग बेग्लै रहेकी पत्नी डिम्पल कपाडिया, उनकी कान्छी छोरी रिकी र ज्वाइ अक्षय कुमार उनिसँगै रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ