arrow

नासाको उत्कृष्ट फोटो : चन्द्रमामा एल्ड्रिनको पदचिह्न

logo
प्रकाशित २०७६ साउन २ बिहिबार
nasa-best-photo.jpg

काठमाडौं । सन् १९६९ को जुलाई २० मा पहिलोपटक मानिसले पाइला राखेका थिए । एपोलो–११ विमानबाट नील आर्मस्ट्रङ, माइकल कोलिन्स र एडविन एल्ड्रिन पहिलोपटक चन्द्रमामा पुगेका थिए ।

नासाको मानव अभियानको ५० औं वर्षको अवसरमा नासाले ४ सय फोटो सार्वजनिक गरेको छ । जसमा केही मानिसलाई अचम्ममा पार्ने किसिमका फोटो छन् । यी फोटोलाई द नासा अर्काइवः ६० इयर्स इन स्पेसमा पनि सामेल गरिएको छ । अन्तरिक्षयात्रीले फोटो खिच्न उच्च गुणस्तरको क्यामेराको प्रयोग गरेका थिए ।

अहिले सार्वजनिक गरिएको मध्ये एक फोटो चन्द्रमामा पाइला राख्ने बेलामा एल्ड्रिनको रहेको छ । यो फोटो आर्मस्ट्रङले खिचेका थिए । चन्द्रमामा अधिकांश क्यामेरा आमंस्ट्रङले प्रयोग गरेका थिए । जसको कारण एल्ड्रिनको फोटो सार्वजनिक भएको हो । चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति एल्ड्रिन थिए । एल्ड्रिनको यो पाइलाको छाप अहिले पनि चन्द्रमामा जस्ताको त्यस्तै छ । किनकी चन्द्रमामा वायुमण्डल छैन र त्यहाँ पानी पनि पर्दैन ।

अहिले सार्वजनिक गरिएको तस्वीरमा सन् १९६९ मा लिइएको एपोलो–९ को तस्वीर पनि उल्लेख गरिएको छ । जसमा विमानले पृथ्वीको परिक्रमा गर्दा अन्तरिक्षयात्री डेव स्कटले झ्यालबाट बाहिर हेरिरहेको तस्वीर पनि सामेल छ ।

उक्त किताबमा लेखक तथा सम्पादक पियर्स बिजोनीले शुरुमा नासाको प्राथमिकतामा त्यस किसिमको फोटोग्राफ नपरेको उल्लेख गरेका छन् ।

शुरुमा नासाले फोटोको लागि कुनै योजना बनाएको थिएन । तर, धेरै राम्रो फोटो आउन थालेपछि यसको धेरै राम्रो प्रयोग हुनसक्छ भन्नेमा उनीहरुको सोच पुगेको थियो । एउटा फोटो जैमिनी–४ विमानको पनि रहेको छ । यो अन्तरिक्ष पठाइएको पहिलो मिशन थियो ।
त्यसका साथै अन्य केही फोटोमा एपोलो–१७ का क्रुले अन्तरिक्ष यात्राको क्रममा लिइएको पृथ्वीको फोटो रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ