arrow

चिनियाँ क्यापसहरुमा सूचना प्रविधिको पढाई लोकप्रिय

logo
सिन्ह्वा,
प्रकाशित २०७६ साउन ३ शुक्रबार
china-ICT.jpg

छेन्दु। चिनियाँ विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा सूचना प्रविधि (आइटी) सम्बन्धी विषय लोकप्रिय भएको पाइएको छ। पछिल्लो पाँच बर्षमा अन्य क्षेत्रको तुलनामा सूचना प्रविधि क्षेत्रमा रोजगारी पाउन सजिलो भएपछि यसको लोकप्रियता बढेको एक अध्ययनले देखाएको हो।

चीनको एउटा मुख्य बजार परामर्शदाता कम्पनी माईकोसले गरेको अध्ययनको प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको थियो। सन् २०१४ देखि २०१८ सम्ममा सूचना प्रविधिको क्षेत्रमा लाग्ने कलेजहरूको सङ्ख्या पनि अत्यधिक बढेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

सूचना प्रविधिको अध्ययन गरेकामध्ये ८.५ प्रतिशतले इन्टरनेट कम्पनीमा रोजगारी पाएका छन्। व्यवसायीक अध्ययनका लागि पनि सूचना प्रविधिसम्वन्धी विषय धेरै विद्यार्थीको आकर्षणको विषय बनेको छ।

सूचना प्रविधिको अध्ययन गरेका विद्यार्थीमध्ये सन् २०१४ मा १.२ प्रतिशतले रोजगारी पाएकोमा सन् २०१८ मा त्यो सङ्ख्या बढेर ४.९ प्रतिशत पुगेको छ।
 
प्रतिवेदनमा उल्लेख भएअनुसार, सूचना प्रविधि अध्ययन गरेका विद्यार्थीले इन्टरनेट सेवा, अनलाइन खोजी, तथ्याङ्क प्रशोधनलगायतका क्षेत्रमा रोजगारी पाउने गरेका छन्।  बढ्दो क्रममा रहेको यस सूचना प्रविधि उद्योगमा काम गर्नेहरुलाई सेवा सुविधा पनि धेरै रहेको पाइएको छ।

यस क्षेत्रमा काम गर्नेहरुको आम्दानी अन्य क्षेत्रमा काम गर्नेको भन्दा औसतमा २० प्रतिशत बढी रहेको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ