arrow

विश्वकप टि–२० मा अफगानिस्तानले वेष्ट इन्डिजलाई हरायो

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
new-t-20.jpg.jpeg
एजेन्सी । भारतमा जारी विश्वकप टि–२० क्रिकेटमा अफगानिस्तानले वेष्ट इन्डिजलाई हराएको छ । नागपुरमा भएको समूह चरण आफ्नो अन्तिम खेलमा वेष्ट इन्डिज ६ रनले  पराजित भएको हो । वेष्ट इन्डिजलाई हराउनु अफगानिस्तानका लागि निकै महत्वपूर्ण उपलब्धी हो । यद्यपि, वेष्ट इन्डिज सेमिफाइनलमा पुगि सकेको छ । टस हारेर पहिले व्याटिङ गरेको अफगानिस्तानले दिएको एक सय २४ रन चुनौती पछ्याएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय १७ रन मात्रै बनाउन सक्यो ।
 
वेष्ट इन्डिजबाट विष्फोटक व्याटिङ गर्ने क्रिस गेल अनुपस्थित खेलमा डुवायन ब्राभोले २८ रन बनाए । ओपनर जोनसन चाल्र्सले २२ रन बनाउँदा तेस्रो विकेटका लागि ११ रन बनाएका आन्द्रे फ्लेचर घाइते हुँदै रिटायर्ड भए । उनी अविजित रहे । १४ ओभरमा डुवायन ब्राभो आउट हुँदा पाँच विकेट गुमाएको वेष्ट इन्डिज १९ ओभर ३ बल खेल्नु अघि ८ विकेट गुमायो । बलिङतर्फ अफगानिस्तानका रशिद खान र मोहम्मद नावीले समान २–२ विकेट लिए । 
 
यसअघि, पहिले व्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय २३ रन बनायो । अफगानिस्तानका लागि नजिबुल्लाह जद्रानले बनाएको ४८ रन नै जितका लागि महत्वपूर्ण बन्यो । जद्रानले ४० बलमा अविजित ४८ रन बनाएका हुन् । ओपनर मोहम्मद शेहजादले २४ रनको योगदान गरे ।  बलिङतर्फ स्यामुइल बद्री एक्लैले ३ विकेट चट्काएपनि हार टरेन । यस्तै, आन्द्रे रसेलले २ विकेट झारेका थिए । अफगानिस्तानका नजीबुल्लाह जद्रान खेलको प्लेयर अफ दी म्याच घोषित भए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ