arrow

आइसिटी अवार्डमा उत्कृष्ट ५ को घोषणा, अनलाइन र एसएमएस भोटिङ सुरु

logo
प्रकाशित २०७६ साउन ३ शुक्रबार
ict-award1.jpg

काठमाडौं। लिभिङ विथ आइसिटीको आयोजनामा हुन लागेको आइसिटी अवार्ड २०१९ अन्तर्गत ३ विधाका उत्कृष्ट ५ को घोषणा गरिएको छ। यसअन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार आइसिटी अवार्ड विधामा उत्कृष्ट ५ को घोषण भएको हो। गत असार २८ मा आयोजित प्रेजेन्टेशन र स्पिड डेटिङ सेसनपछि उत्कृष्ट ११ बाट उत्कृष्ट ५ को टुंगो लगाइएको निर्णायक समूहका संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए। 

यसअध्ये स्टार्टअप आइसिटी अवार्ड २०१९ विधामा ई–डिजिटल नेपाल प्रालि, हाम्रो टेक्नोलोजी प्रालि, खाली सिसी म्यानेजमेन्ट प्रालि, युजी केक्स र वाकम्यान ‘ग्रिन क्वेन्स’अन्तिम चरणमा पुग्न सफल भएका छन्।

त्यस्तै प्रडक्ट आइसिटी अवार्ड २०१९ विधामा विधाना, डेल्टा सेल्स एप, इन्सपेला , एमबैंक र मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस अन्तिम चरणमा पुग्न सफल भएका छन्। अर्को विधा राइजिङ स्टार आइसिटी अवार्ड २०१९ मा हेल्प इआर, नयाँ किनमेल, प्रशासन ई, रक्तदान र वाटर टेस्टर एप अन्तिम चरणमा पुगेका छन्।

तीनै विधाका उत्कृष्ट ५ का लागि बिहिबार राती १२ बजेदेखि असार १८ गते राती १२ बजेसम्म अनलाइन र एसमएस भोटिङ गर्न सकिने अवार्ड कार्यक्रमका संयोजक राजन लम्सालले जानकारी दिए । अनलाइन तथा एसएमएस भोटिङको लागि ictaward.org मा विस्तृत जानकारी उपलब्ध गराइएको छ।

अवार्डका अन्य ६ विधाका लागि निर्णायक मण्डलको समूहले छनोट प्रक्रिया जारी राखेको छ। यसअन्तर्गत पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्ट्रप्रनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, डिजिटल एजुकेशन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड रहेका छन्। 

यस संस्करणको आइसिटी अवार्डमा सबै विधा गरी २ सयभन्दा बढीको अनलाइन आवेदन परेको थियो। सबै विधामा कडा प्रतिष्पर्धा रहेको जानकारी दिदै निर्णायक समूहका संयोजक हेमपाल श्रेष्ठले हरेक किसिमले उत्कृष्ट छान्ने प्रयास गरिएको बताए। आइसिटी अवार्डले पछिल्लो समय प्रविधि क्षेत्रमा उत्साह र प्रभाव थपिरहेको बताउदै सुस्मित ग्रुपका निर्देशक तथा जुरी सदस्य सुशिल पोख्रेलले बताए। 

आइसिटी अवार्डको ग्रान्ड फिनाले आगामी साउन ३२ गते आयोजना हुने छ। उक्त कार्यक्रम विभिन्न टेलिभिजन, अनलाइन, हाम्रोपात्रो एपहरु मार्फत प्रत्यक्ष प्रशारण समेत हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ