arrow

अक्षय कुमारले गर्दा छोराले हेर्न छोडे क्रिकेट

logo
प्रकाशित २०७६ साउन ३ शुक्रबार
akshaya1.jpg

काठमाडौं । क्रिकेट विश्वकप २०१९ को फाइनलमा इंगल्याण्डले न्युजिल्याण्डलाई हराउँदै पहिलोपटक आईसीसी क्रिकेट विश्वकप आफ्नो नाममा गरेको छ । यो खेल हेर्न भारतीय सिनेक्षेत्रका केही स्टार लर्ड्सको क्रिकेट स्टेडियममा पुगेका थिए ।
 
यो खेललाई लिएर भारतीय स्टारहरु निकै उत्साहित देखिएका थिए । अक्षयकुमार, नीना गुप्ता र अनुपम खेर पनि फाइनल हेर्न लर्ड्स पुगेका थिए । यो क्रममा अक्षयकुमारले आफ्ना छोरा आरवलाई यो खेल मन नपर्ने खुलासा गरेका थिए ।

खेल शुरु हुनुपूर्व फिलिप्स ह्यु क्रिकेट लाइभमा कुराकानीको क्रममा अक्षय कुमार पूर्व क्रिकेटर हरभजन सिंह, भीभीएस लक्ष्मण र प्रेजेन्टर जतिन सपरुसँग रमाइलो गरिरहेको देखिएका थिए । यसै क्रममा उनले आफ्ना छोरालाई यो खेल मन नपर्ने बताएका हुन् ।

अक्षयले आफूले अत्यधिक क्रिकेट हेर्ने गरेको कारण आफ्ना छोराले यो खेल मन नपराउने बताए । तर, छोरी नितारालाई भने क्रिकेट निकै मन पर्छ । उनीहरु बाबुछोरी सँगै बसेर घरमा क्रिकेट हेर्छन् ।

उनले आफ्नो बालापनको कहानी शेयर गर्दै स्कुलको दिनमा अत्यधिक क्रिकेट खेल्ने गरेको बताए । अरुलाई ब्याटिङ र बलिङ हेरेर छनोट गरिने भए पनि आफूलाई फिल्डिङको कारण छनोट गरिने बताए ।

अक्षय कुमारको फिल्म मिशन मंगलको टीजर भिडियो रिलिज भइसकेको छ । यो फिल्म १५ अगष्टमा रिलिज हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ