arrow

जसलाई फेसबुकले दिएन जागिर, उनैले फेसबुकलाई बेचे १९ अर्ब डलरको कम्पनी

logo
प्रकाशित २०७६ साउन ३ शुक्रबार
jukerberg-.jpg

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राम र वाट्सएप फेसबुकको स्वामित्वम रहेका कम्पनी हुन् । इन्स्टाग्राम र ह्वाट्सएपलाई २३ अर्ब डलर दिएर फेसबुकका संस्थापक मार्क जुकरवर्गले केविन सिस्ट्राम र ब्रायन एक्टनसँग खरीद गरेका थिए । अहिले इन्स्टाग्राममा करीब अर्ब सक्रिय प्रयोगकर्ता छन् ।

ह्वाट्सएपमा पनि १ अर्ब ५० करोड सक्रिय प्रयोगकर्ता छन् । यहाँ इन्स्टाग्राम र ह्वाट्सएप बनाउने केविन सिस्ट्राम र ब्रायन एक्टनको विषयमा केही जानकारी उल्लेख गरिएको छ ।

केविन सिस्ट्रोमको जन्म सन् १९८३ डिसेम्बर ३० मा अमेरिकाको म्यासाचुएट्समा भएको थियो । केविन अमेरिकी कम्प्युटर प्रोग्रामर तथा उद्यमी थिए । सन् २०१६ मा उनी अमेरिकाका ४० वर्षभन्दा कम उमेरमा सबैभन्दा धनी उद्यमी बन्न सफल भएका थिए । केविनले आफ्ना साथी माइक क्रिगरसँग मिलेर विश्वको सबैभन्दा ठूलो फोटो शेयरिङ एप इन्स्टाग्राम बनाएका थिए । केविनकी आमा उनलाई राम्रो कम्प्युटर इन्जिनियर बनेको हेर्न चाहन्थिन् ।

स्कुलमा पढाइको क्रममा केविन क्लब र पाइभेट पार्टीमा डीजेको रुपमा काम गर्थे । कम्प्युटर साइन्समा पनि उनले आफूलाई साबित गरेका थिए । तर, यहाँ पनि उनी रोकिएनन् । त्यसपछि उनले म्यानेजमेन्ट साइन्स र इन्जिनियरिङ्गमा भर्ना भएका थिए ।

यसै क्रममा उनलाई फोटोग्राफीमा रुचि बसेको थियो । उनले एक फोटो शेयरिङ्ग वेबसाइट बनाए । यसै क्रममा उनलाई मेफील्ड फेलोशिप प्रोग्रामको लागि १२ विद्यार्थीस्ँग अनुसन्धानसँग सम्बन्धित वेबसाइटमा काम गर्ने मौका मिलेको थियो ।
 
उक्त कम्पनीको नाम ओडियो थियो, यसलाई इवान विलियम्सले तयार पारेका थिए । अहिले यो कम्पनी ट्वीटरले नामले चिनिने गरेको छ । त्यतिबेला ट्वीटरका सीईओ ज्याक डोर्से पनि केविनसँगै काम गर्थे ।

पढाइ सकेपछि गूगल र अन्य सामाजिक सञ्जाल बरबनजस्ता कम्पनीमा आफ्नो सेवा दिका थिए । बरबनमा काम गरेपछि केविनलाई बरबनमा आवश्यकताभन्दा बढी फिचर्स रहेको र यसले प्रयोगकर्तालाई समस्या सिर्जना गर्नसक्ने देखिएसँगै उनले सन् २०१० मा इन्स्टाग्राम तयार पारे ।

यो एप लाइभ गरेको २४ घण्टाभित्र यसलाई २५ हजार मानिसले डाउनलोड गरे  र सर्भर पनि क्र्यास भयो । त्यसको दुई वर्षपछि केविनले १ अर्ब डलरमा फेसबुकसँग इन्स्टाग्राम मिसाउने सम्झौता गरेका थिए । तर, सम्झौता पछि पनि उनीसँग ४० प्रतिशतको हिस्सेदारी थियो । केविनले सन् २०१५ मा विवाह गरेका थिए । उनकी एक छोरी छिन् ।

वाट्सएप सन् २००९ मा ब्रायन एक्टनले आफ्ना साथी जेन कोउमसँग मिलेर यसलाई तयार पारेका थिए । ब्रायन एक्टन र जेन कोउम कुनै समय याहूमा काम गर्थे ।

ब्रायनको जन्म सन् १९७२ मा अमेरिकाको मिशिगनमा भएको थियो । एक्टनको शुरुवाती पढाई फ्लोरिडाको लेक हावेल स्कुलमा भएको थियो । पेन्सिलवेनियामा इन्जिनियरिङ्गको पढाइको क्रममा उनलाई छात्रवृत्ति मिलेको थियो तर उनले बीचमै पढाइ छाडिदिए ।
कुनै समय यस्तो पनि थियो, जतिबेला उनले फेसबुकमा रोजगारीको लागि अप्लाई गरेका थिए । तर, उनी छनोट भने हुन सकेका थिएनन् । तर, उनले ह्वाट्सएप निर्माण गरे । यसलाई १९ अर्ब डलरमा खरीद गरेको थियो । फेसबुकसँग सम्झौता भएपछि पनि उनीसँग २२ प्रतिशतको शेयर थियो ।

ब्रायन एक्टन करीब एक दर्जन सामाजिक क्षेत्रसँग जोडिएका छन् । जसलाई उनले बेलाबेलामा आर्थिक सहयोग गर्दै आएका छन् । सन् २०१७ मा ब्रायनले फेसबुक छाडेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ