arrow

२०२१ सम्म चन्द्रमामा विमान अवतरण गराउने मस्कको योजना 

logo
एजेन्सी
प्रकाशित २०७६ साउन ४ शनिबार
elon_musk.png

काठमाडौं । स्पेसएक्सका सीईओ एलन मस्कले आफ्नो टोलीले सन् २०२१ सम्ममा चन्द्रमामा स्टारसिप अन्तरिक्ष विमान अवतरण गराउने बताएका छन् । त्यसको एक वा दुई वर्षपछि क्रु सदस्य पनि चन्द्रमा पठाइने योजना रहेको छ । टाइम्स म्यागाजिनसँगको अन्तर्वाताको क्रममा उनले यस्तो बताएका हुन् । 

उनले अबको दुई वर्षभित्र आफ्नो योजना पूरा गरिने उल्लेख गरे । उनले अबको चार वर्षमा भन्द्रमामा क्रुसदस्य सहितको विमान पठाइने उल्लेख गरे । 

नासाको विषयमा बोल्दै मस्कले नासालाई यस विषयमा मनाउन नसकिएको अवस्थामा पनि स्पेसएक्सले एक्लै यो मिसन पूरा गर्ने बताए । यो मिसन सफल भएपछि नासालाई यस विषयमा बुझाउन सकिने उनको भनाइ थियो । 

अहिले नासा सन् २०२४ मा चन्द्रमामा विमान पठाउने योजनाको विषयमा विकल्पको खोजी गरिरहेको छ । अहिले स्पेसएक्स एकैपटकमा १ सय अन्तरिक्ष यात्रीलाई चन्द्रमा लैजानसक्ने विमान निर्माण गरिरहेको छ । 

स्पेसएक्सले अहिले पनि आफ्नो चन्द्रमामा विमान पठाउने महत्वाकांक्षी योजनाको लागि विभिन्न चुनौतीको सामना गर्दै आएको छ । तर, जुलाई १६ मा स्पेसएक्सको विमानमा समस्या देखिएको थियो । यसबारे अहिले अनुसन्धान चलिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ