प्रदेश सरकारको सिफारिसमा २८ छात्रछात्रालाई पूर्ण छात्रवृत्ति
प्रकाशित २०७६ साउन ४ शनिबार
518
Shares
जनकपुरधाम। प्रदेश नं २ सरकारको सिफारिसमा भारतको आन्ध्र प्रदेश काकिनाडास्थित आदित्य एजुकेशनल इन्स्टिच्युसनले २८ जना छात्रछात्रालाई पूर्ण छात्रवृत्ति दिने भएको छ।
इन्स्टिच्युसनले प्रदेश सरकारको सिफारिसमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत प्रदेश नं २ का १८ छात्रा तथा शहीद परिवार सम्मान कार्यक्रमअन्तर्गत १० जना छात्र–छात्रालाई सिभिल, मेकानिकल, कम्प्युटर साइन्स, इन्फोरमेशन टेक्नोलोजी, माइनिङ, पेट्रोलियम, एग्रीकल्चर, इलेट्रिकल, इलेक्ट्रोनिकमा पूर्ण छात्रवृत्ति दिने भएको हो।
यसअन्तर्गत छात्रवृत्ति पाउने छात्रछात्राले छात्रावास, किताब खर्च, परीक्षा शुल्क र पोशाक शुल्क आफैँले ब्येहोर्नु पर्नेछ । इन्स्टिच्युसनका निर्देशक परमजित सिंहले यसका अतिरिक्त प्रदेश सरकारको सिफारिसमा थप २० जना छात्राछात्रालाई ५० प्रतिशत छात्रवृत्ति प्रदानसमेत गरिने बताएका छन् ।