arrow

बूढानीलकण्ठमा आगलागी  

logo
प्रकाशित २०७६ साउन ५ आइतबार
fire.jpeg

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ पासीकोटस्थित एउटा कस्मेटिक पसलमा आगलागी भएको छ ।     
     
शनिबार राति ९ः१५ बजेको समयमा बन्द गरिएको नारायणी सिटौलाको कस्मेटिक पसलमा आगलागी भएको प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए । 

उनका अनुसार विद्युत् चुहिएर आगलागी भएको अनुमान गरिएको छ ।     
     
आगलागीबाट झण्डै रु सात लाखको क्षति भएको जनाइएको छ । दमकलको सहयोगमा प्रहरी र स्थानीयले केहीबेरअघि आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ