arrow

चलचित्र छोडेर सन्यासी बनिन् आमिर खानकी नायिका

‘लगान’ फिल्मबाट स्टार , बिताइरहेकी छिन् सन्यासी जीवन

logo
प्रकाशित २०७६ साउन ५ आइतबार
aamir-nayika.jpg

काठमाडौं । आमिर खानको ‘लगान’बाट बलिउडमा डेब्यु गरेकी नायिका ग्रेसी सिंहलाई पहिलो फिल्ममा नै सफलता मिलेको थियो । तर, उनी सिने क्षेत्रबाट हराइन् । फिल्ममा आउनुभन्दा पहिला उनी टीभी सिरियलमा देखिने गर्थिन् । सन् १९९७ मा जीटीभीमा अमानत नाम गरेको सिरियलमा डिंकीको भूमिका निभाएकी थिइन् । केही सिरियलमा अभिनय गरेपछि उनलाई सोझै फिल्मको अफर आएको थियो ।

निर्देशक आशुतोष गोवारिकरलाई लगान फिल्मका लागि एक परम्परागत नृत्य गर्नसक्ने एक नायिका चाहिएको थियो । जो गाउँकी जस्ती देखिनुपर्ने थियो । अडिशनका लागि पुगेकी ग्रेसी सिंहलाई सयौं युवतीको बीचमा छनोट गरिएको थियो । यो फिल्मबाट उनको करियर निकै अगाडि जानसक्ने अनुमान गरिएको थियो ।

एक अन्तर्वार्तामा ग्रेसी सिंहले आफू परम्परागत नृत्यंगना बन्न चाहेको तर नायिका बनेको बताएकी थिइन् । फिल्म उद्योगमा सधैंका लागि नाम रहने काम गर्न सकूँ भन्ने उनको सपना थियो । ग्रेसी सिंहले प्रकाश झाको फिल्म गंगाजलमा अजय देवगनको अपोजिट भूमिकामा काम गरेकी थिइन् । तर, उनको रोल निकै कम थियो ।

यसपछि सन् २००४ मा उनले मुन्ना भाइ एमबीबीएसमा सञ्जय दत्तसँग काम गरेकी थिइन् । तर, यो फिल्मबाट पनि उनलाई खासै फाइदा भने भएन ।
फिल्म नपाएपछि उनले दोस्रो दर्जामा पनि काम गरेकी थिइनु । फिल्ममा राम्रो भविष्य नदेखेपछि उनले पुनः टीभीमा प्रवेश गरेकी थिइन् । उनले सन्तोषी मां शोमा मुख्य भूमिका निभाएकी थिइन् । यसबाट उनलाई राम्रो परिचय मिलेको थियो । टीभीका साथै सन् २००९ मा उनले डान्स एकेडेमीको शुरु गरेकी थिइन् । जहाँ उनी डान्स सिकाउँथिन् ।

अहिले भने ग्रेसी सिंह आध्यात्मिक प्रवचनमा समय बिताइरहेकी छिन् । उनी ब्रह्मकुमारी आध्यात्मिक संगठनकी सदस्य हुन् । उनी आफ्नो धेरै समय अध्यात्मको तालिमका लागि बिताइरहेकी छिन् ।

समाचारमा बताइएअनुसार यो संस्थाको सदस्य भएको कारण उनी विवाह नगर्ने सोचमा छिन् । उनले एक अन्तर्वार्तामा आफ्नो लागि कुनै किसिमको योजना नरहेको तर घरकाले विवाहको लागि जोड दिइरहेको बताएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ