arrow

फिल्ममा धोका भएको भन्दै शाहरुखसँग १६ वर्षसम्म रिसाए सनी देवल

logo
प्रकाशित २०७६ साउन ५ आइतबार
saharukh-sunny.jpg

काठमाडौं ।  शाहरुख खान, सनी देवल र जुही चावलाको ‘डर’ फिल्म त्यतिबेला निकै चर्चित बनेको थियो । यो फिल्मले शाहरुख खानको फिल्मी करियरलाई अघि बढ्न सहयोग गरेको थियो । तर, यो फिल्मले शाहरुख र देवलको बीचमा लडाइँको अवस्था उत्पन्न गरेको थियो । यो फिल्मपछि सनी देवलले शाहरुख खानसँग बोल्न छाडेका थिए ।

इन्डिया टीभीको शोको क्रममा उनले यो घटनालाई पुनः याद गरेका थिए । उनलाई १६ वर्षसम्म शाहरुख खानसँग नबोल्नुको कारणबारे सोध्दा उनले आफूहरुको बीचमा कुरा गर्ने विषय नै नहुने गरेकोले कुराकानी नभएको बताए ।

सनीले फिल्ममा मानिसले दुवैलाई रुचाएको बताए । तर, फिल्ममा भिलेनलाई धेरै महत्व दिइएको उनको आरोप थियो । आफूलाई निर्देशकले भिलेनलाई यति धेरै महत्व दिन्छन् भन्ने कुरा थाहा नभएको उनले सुनाए । त्यतिबेला सनी देवल ठूला स्टार थिए । यसकारण यश चोपडाले राहुल मेहरा र सुनील मल्होत्रामध्ये एउटा भूमिका चयन गर्न प्रस्ताव गरेका थिए । यस्तोमा सनीले सकारात्मक भूमिका चयन गरेका थिए ।

उनले अन्तर्वार्तामा उनले आफूलाई सकारात्मक भूमिकालाई महत्व लिने अपेक्षा रहेको बताए । उनले आफूलाई फिल्ममा धोका भएको बताए । यसकारण आफूले त्यसपछि यशराजसँग कहिल्यै पनि काम नगरेको बताए ।

‘डर’ फिल्मको शुटिङको क्रममा एक सीनमा शाहरुखले सनी देवललाई चक्कु प्रहार गर्नुपर्ने हुन्थ्यो । फिल्मको स्क्रिप्ट नै यो थियो । तर, यस विषयमा सनी देवल र यशकुमारको बीचमा निकै विवाद भएको थियो । सनीले सामान्य मानिसले फिल्मको प्रमुख कमाण्डोलाई चक्कु हान्छ भने त्यसो औचित्यको विषयमा पनि प्रश्न उठाएका थिए । तर, निर्देशकका अनुसार सीन गर्नुपर्ने भयो । यो घटनापछि सनी देवल निकै रिसाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ