arrow

नेपाल–मलेसिया फुटबल :कोजी प्रशिक्षणको पहिलो मैत्रीपूर्ण जितविहिन, ‘तर सुखद्’

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
bhart-new.jpg.jpeg
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको यु–२२ टोलीसंगको मैत्रीपूर्ण फुटबलमा १–१ को बराबरी खेलेको छ । मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा आइतबार साँझ नेपालले पहिलो हाफ अघि १ गोल गर्दै अग्रता लिएपनि अन्तिम सयम सम्म सो लय जारी राख्न सकेन । नेपालका लागि भरत खवासले खेलको ३७ औं मिनेटमा गोल गरेका थिए ।
 
निर्धारित सयमअघि अन्तिम ३ मिनेट रक्षापंक्ती चुस्त पार्न नसकेपछी नेपालले ८७औ मिनेटमा जवाफी गोल खायो । अतिरिक्त समयमा पाएको अवसर सदुपयोग हुन सकेन। नेपाल सन् १०१७ को १२ औं साफ च्याम्पियनसिप अघि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने तालिका नभएपछि मैत्रीपूर्ण फुटबल खेल्न मलेसिया पुगेको हो । 
 
यसअघि, भारतमा सम्पन्न भएको दक्षिण एसियाली खेलकुद (साग) र बङ्गलादेशमा भएको  बङ्गबन्धु गोल्डकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको नेपाली टोली निकै उत्साही भएको थियो । सागमा स्वर्ण  र बङ्गबन्धु ट्रफि उचालेको नेपाली टोलीले मलेसियाविरुद्ध जित निकाल्ने अपेक्षा नयाँ प्रशिक्षक ग्यातुको कोजीको थियो । यद्यपि, ११औं साफमा भने नेपाल पराजित भयो । कोजीको प्रशिक्षको पहिलो मैत्रीपूर्ण जित न निकालेपनि टोली गोलको खाता खोल्न भने सफल भयो । 
 
कोजीले नेपाली खेलाडीमा सम्भावना रहेको बताउँदै आएका छन् । कोजीले नेपाल आएको एक महिना नवित्दै टोलीको मैत्रीपूर्ण फुटबलमा सुखद् उपस्थित गराएर नयाँ सुधारको  संकेत दिएका छन् । यद्यपि, अखिल नेपाल फटबलसंघ भित्रको व्यवस्थापन तथा पदाधिकारी विवाद भने कायमै छ । एन्फा अध्यक्ष गणेश थापा भ्रष्टाचारी ठहर हुँदै निलम्बनमा परेपछि एन्फा कार्यवाहक अध्यक्षमार्फत चलिरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ