arrow

फैलियो दमको रोगी प्रियंकाले चुरोट पिउँदै गरेको तस्वीर, फ्यानले भने- ढोंगी

logo
प्रकाशित २०७६ साउन ६ सोमबार
priyanka5.jpg

काठमाडौं । भारतीय अभिनेत्री प्रियंका चोपडा सधैं सामाजिक जिम्मेवारीबारे कुरा गर्ने गर्छिन् । प्रियंकाले दिपावलीको समय प्रदूषण नफैलाउन पनि उनले आग्रह गर्ने गरेकी छिन् । केही समयअघि उनले आफूलाई दमको समस्या रहेको बताएकी थिइन् ।

उनले दमको बारेमा मानिसहरुलाई जानकारीका लागि एक विज्ञापन अभियानका लागि एक ब्राण्डसँग हात पनि मिलाएकी थिइन् । यस क्रममा उनले आफूलाई ५ वर्षको उमेरमा दम छ भन्ने कुरा थाहा भएको बताएकी थिइन् । प्रियंकाले दमले आफ्नो सपनामा लगाम लगाउन नसकेको बताइन् । पछिल्लो समय उनको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको छ ।

तस्वीरमा उनी आफ्ना पति निक जोनास र आमाको साथमा चुरोट पिउँदै गरेको देखिएकी छिन् । यो तस्वीर सार्वजनिक भएसँगै ट्रोलर्सले उनीमाथि ट्रोल बनाउन शुरु गरेका छन् । एक प्रयोगकर्ताले दिपावलीमा पटका पड्काउँदा दम भएकी प्रियंका अहिले शुद्ध वायुको प्रयोग गरिरहेको भन्दै व्यंग्य गरेका छन् ।

अर्का एक प्रयोगकर्ताले प्रियंका चोपडा ढोंगी बताएका छन् । उनले दिपावलीमा ज्ञान दिने प्रियंकाले आफ्नो विवाहमा उल्लेख्य पटाका पड्काएको र अहिले दम भएको अवस्थामा चुरोट पिएको भन्दै आलोचना गरेका छन् । १८ जुलाईमा प्रियंकाले आफ्नो जन्मदिन मनाएकी छिन् । विवाहपछि उनले पहिलोपटक आफ्नो जन्मदिन मनाएकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ