arrow

भारत अष्ट्रेलियालाई हराउँदै टी ट्वान्टीको विश्वकपको सेमिफाइनलमा

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
india-cricket.jpg.jpeg
काठमाडौं। भारतले आफ्नो चिरपरिचित प्रतिद्धन्दी अष्ट्रेलियालाई ६ विकेटले हराउँदै आइसिसी टी ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ। भारतका व्याट्सम्यान विराट क्होलीले नट आउट हुँदै बनाएको ८२ रनको मद्धतले भारत सेमिफाइनलमा पुगेको हो। एकपटक खेलमा लड्खडाएको भारतलाई विराट क्होलीले जीवन दिएका थिए। उनले २ ओभरमा ३५ रन समेत बनाएका थिए। 
 
कप्तान महेन्द्र सिंह धोनी र विराट क्होलीको ६७ रनको साझेदारीले भारतलाई जीत दिलाउन महत्वपूर्ण रह्यो। भारतलाई जीत दिलाउन महत्वपूर्ण भुमिका खेलेका विराट खेलको म्यान अफ द म्याच पनि भए।  सेमिफाइनलमा पुगेको भारतले वेष्ट इन्डिजसँग खेल्ने छ।
 
आजको खेल जित्ने एक सेमिफाइलनमा पुग्ने हुँदा दुवै टीमका लागि यो फाइलन सरह थियो। भारतको यो जीतसँगै अष्ट्रेलिया समुह चरणबाटै घर फर्किएको छ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ