arrow

तेस्रो दर्जाको फिल्ममा काम गर्थिन् सञ्जय दत्तकी श्रीमती, ठूली छोरीसँग मात्रै ९ वर्षको अन्तर

logo
प्रकाशित २०७६ साउन ६ सोमबार
sanjaya-dutta.jpg

काठमाडौं । भारतीय अभिनेता सञ्जय दत्तकी पत्नी मान्यता दत्तको जन्म सन् १९७८ जुलाई २२ मा भएको थियो । उनी मुस्लिम परिवारमा भएको थियो । पहिला मान्यताको नाम दिलनवाज शेख थियो ।

उनले बलिउडमा आएपछि सारा खान राखेकी थिइन् ।  फिल्म उद्योगमा यही नामबाट उनलाई पहिचान मिलेको थियो । प्रकाश झाको फिल्ममा आइटम नम्बरको काम गरेपछि उनले आफ्नो नाम मान्यता राखेकी थिइन् ।
 
मान्यता अहिले सञ्जय दत्त प्रोडक्शनकी सीईओ हुन् । अहिले उनी सञ्जय दत्तको सबै काम सम्हालिरहेकी छिन् । उनले गंगाजल फिल्ममा आइटम डान्स गरेकी थिइन् । मान्यताका पिता दुबईमा व्यवसायी थिए । उनको मृत्युपछि घर सम्हाल्ने जिम्मेवारी आएपछि उनले आफ्नो फिल्मी करियर छाडेकी थिइन् ।

मान्यताको एक तेस्रो दर्जाको फिल्मलाई सञ्जय दत्तले २० लाख भारुमा खरीद गरेका थिए । उक्त बैठकमा पहिलोपटक सञ्जय दत्त र मान्यताको भेट भएको थियो । मान्यता त्यसपछि बेलाबेलामा सञ्जय दत्तको घरमा गइरहने गर्थिन् । त्यतिबेला सञ्जय अर्की केटीसँग प्रेम सम्बन्धमा थिए । तर, पछि उनले मान्यतालाई साथ दिने निर्णय गरेका थिए ।

सन् २००८ मा उनले मान्यतासँग विवाह गरेका थिए । त्यतिबेला मान्यता २९ वर्षकी थिइन् । तर, सञ्जय दत्त ५० वर्षका थिए । दुवैको विवाहको लागि सञ्जयको परिवारले विरोध गरेका थिए । मान्यता सञ्जय दत्तकी छोरी त्रिशलाभन्दा केही वर्षमात्र जेठी थिइन् । सन् २०१० म मान्यताले जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ