- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भगवान विष्णुको छैठौ 'आवेश अवतार' को रुपमा भगवान परशुरामको जन्म भगवान श्रीराम भन्दा पहिले भएको थियो । श्रीराम सातौ अवतार हुनुहुन्थ्यो। महाभारतको वनपर्वका अनुसार त्रेता युगमा रावणको वध गर्नको लागि भगवान विष्णुले श्रीरामको रूपमा जन्म लिनुभयो । जब श्रीरामको प्रभाव र शक्तिहरुको बारेमा भगवान परशुरामले सुन्नुभयो । तव उहाँ भित्र श्रीरामको परीक्षा लिने उत्सुकता जाग्यो र अयोध्या जानुभयो।
त्यहाँ उहाँले श्रीरामलाई आफ्नो दिव्य धनुषमा प्रत्यंचा चढाउनलाई भन्नुभयो । क्षण भरमै श्रीरामले यो काम गरेर देखाउनुभयो । यो देखेर अहंकारले भरिएका परशुरामले श्रीरामलाई त्यस धनुषबाट बाण चलाएर देखाउन भन्नुभयो ।
परशुरामको अहंकारलाई तोड्नको लागि श्रीरामले त्यस धनुषबाट यस्तो बाण चलाउनुभयो जुन परशुरामको शक्तिहरुलाई हरेर पुनः उहाँ भएको ठाँउमा आयो । यो देखर परशुरामले बुझ्नुभयो श्रीराम भगवान विष्णुका अवतार हुन् ।
एक वर्षसम्म तेजहीन रहेपछि भगवान परशुरामको सबै घमण्ड चूर भयो । आफ्ना पितृहरुले सुझाव अनुसार वसुधरा नामको नदीमा स्नान गरेपछि उहाँले फेरी आफ्नो शक्तिहरु फिर्ता पाउनुभएको थियो ।
भगवान परशुराम सम्पूर्ण हिन्दू समाजको आदर्श मानिनुहुन्छ । उहाँ चिरंजीवी भएको बताइन्छ। उहाँ रामको कालमा पनि हुनुहुन्थ्यो र कृष्णको कालमा पनि । उहाँले भगवान श्रीकृष्णलाई सुदर्शन चक्र उपलब्ध गराउनुभएको थियो । भनिन्छ उहाँ कलिको अन्तमा पनि उपस्थित हुनुहुनेछ । उहाँ कल्पको अंतसम्म धरतीमा तपस्यारत रहनुहुनेछ । पौराणिक कथामा वर्णन गरिए अनुसार महेन्द्रगिरि पर्वत भगवान परशुरामको तप गर्ने स्थान थियो र अंतत: उहाँ त्यसै पर्वतमा कल्पांतसम्म तपस्यारत हुन जानुभयो ।
सत्ययुगमा एकपटक भगवान गणेशले परशुरामलाई भगवान शिवको दर्शनबाट रोक्नुभयो । तब रुष्ट परशुरामले उहाँ माथि परशु प्रहार गर्नुभयो, जसबाट गणेशको दात नष्ट भयो र उहाँ एकदन्त कहलिनुभयो। परशुरामले त्रेतायुगमा जनक, दशरथ आदि राजाहरुको समुचित सम्मान गर्नुभयो । सीता स्वयंवरमा श्रीरामको अभिनंदन गर्नुभयो ।
द्वापरमा उहाँले कौरव-सभामा कृष्णलाई समर्थन गर्नुभयो र यसभन्दा पहिले उहाँले श्रीकृष्णलाई सुदर्शन चक्र उपलब्ध गराउनुभएको थियो । द्वापरमा उहाँले झुटो बोलेर विद्या हासिल गरेका कर्णलाई दण्ड स्वरूप सबै विद्या विस्मृत हुने श्राप दिनुभयो । उहाँले भीष्म, द्रोण र कर्णलाई शस्त्र विद्या प्रदान गर्नुभएको थियो ।