arrow

नेपाली मुलका ७ बर्षे बालकले बेलायतमा पुस्तक लेखे, सबैभन्दा कम उमेरका नेपाली लेखक दावी

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
writer.jpg

बेलायत । बेलायतमा जन्मिएर भर्खर ७ बर्षमा टेकेका एक बालकले  ११वटा कथाहरुको संग्रह प्रकासन भएको छ । नेपाली आमाबाबुका सन्तान बिशांत कार्कीले लेखेका कथाहरुको संग्रह अमेजन डट कममा बिश्वभर उपलब्ध छ । उनको पुस्तकको नाम रेन फ़िस रहेको छ ।

पेपर भर्सनको मूल्य  ४.९९ पाउण्ड (रु ६८६) रहेको छ भने इकिताब केंडल भर्सनको मूल्य ०.९९ पेन्स (रु १३६) रहेको छ । छोराले बिभिन्न समयमा कथा लेख्दै दिने गरेका पांडूलिपी  संकलन गरेर उनलाई हौसला दिन पुस्तकको रुप दिईएको उनका पिता जगन कार्की बताउछन् ।  

प्रचारवाजी भन्दा पनि अन्य बालबालिकाहरुलाई सानो उमेरमा पनि यस्ता काम  सम्भव भएको र अभिभावकहरुलाई पनि आफ्ना सन्तानलाई सकारात्मक दिशामा हौसला दिन सानो प्रेरणा मिल्न सके यो पुस्तक प्रकासनले सार्थकता पाउने कार्कीले बताए ।  बिश्वका सबै भन्दा कलिला लेखक श्रीलंकाका  चार वर्षका थानुवानाको छ । जसले ५ वर्ष पुग्न २ दिन अघि द जंक फुड नामक पुस्तकलेखेका थिए ।

त्यस्तै अमेरिकाकी ४ बर्षकि बालिका ड्रोथि स्ट्रेटले पनि कान्छी लेखकको रेकर्ड राखेकी छिन ।  बिशांतको रेकर्ड नेपाली मुलका कान्छा लेखक र बेलायतका कान्छा लेखकमा गरिएको छ । उनको रेकर्ड प्रमाणित भए नभए पनि बिश्वका एक कान्छा लेखकमा भने नाम दर्ज गर्न सफल भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ