arrow

‘तेरे नाम’ को १६ वर्षमा यति परिवर्तन भइन् सलमानकी भूमिका

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
terenaam.jpg

काठमाडौं । सलमान खानको ‘तेरे नाम’ सबैभन्दा हिट भएको मध्येको एक फिल्म हो । यो फिल्मकी नायिका भूमिका चावला थिइन् । उनले सोही फिल्मबाट भारतीय सिने क्षेत्रमा डेब्यु गरेकी थिइन् । अहिले अहिले उनी फिल्मी क्षेत्रबाट हराएकी छिन् । उनले विवाह गरिसकेकी छिन् । हालसालै उनलाई मुम्बईको एक थिएटरबाहिर देखिएको थियो ।

भूमिका ५ वर्षको छोरासँग देखिएकी थिइन् । यो अवस्थामा उनले ब्याक टप र जीन्स पाइन्ट लगाएकी थिइन् । ४० वर्षीया नायिकाले मोडलिङबाट आफ्नो करियर शुरु गरेकी थिइन् । उनले हिन्दीमात्र नभई तेलुगु, तामिल, मलयालम, कन्नड, भोजपुरी र पञ्जाबी फिल्ममा पनि काम गरेकी थिइन् ।

पञ्जाबी परिवारमा जन्मेकी भूमिकाको पहिलो फिल्म युभाकुडु थियो । यो एक तेलुगु फिल्म थियो । उनले सन् २००१ आएको कुशी फिल्मका लागि उनले फेयर बेस्ट एक्टरको अवार्ड जितेकी थिइन् । सन् २००४ मा उनले अभिषेक बच्चनको रन फिल्ममा काम गरेकी थिइन् । तर, यो फिल्मले बक्सअफिसमा खासै प्रभाव जमाउन सकेको थिएन ।

त्यसपछि उनले सलमान खानसँगै दिल जो भी कहे र सिलसिलेमा पनि उनले अभिनयको मौका पाएकी थिइन् । तर, दुवै फिल्म फ्लप भएका थिए । त्यसपछि उनले आफ्नो दिशा तेलुगु फिल्ममा मोडेकी थिइन् ।

भूमिका फिल्ममा आउनुभन्दा पहिला योग सिकिरहेकी थिइन् । यसै क्रममा उनको योगा सिकाउने गुरुसँग नै प्रेम बसेको थियो । करीब ४ वर्षको प्रेम सम्बन्धपछि उनीहरुको विवाह भएको थियो । सन् २०१४ मा उनीहरुको एक छोरा जन्मिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ