arrow

बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, घाइते दुईमध्ये एक गम्भीर 

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७६ साउन ८ बुधबार
accident-final.jpeg

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने बैतडीको खोडपेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । 

दुर्घटनामा परि घाइते भएका दार्चुला महाकाली नगरपालिका–९ दत्तुका हिक्मत सामन्त रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिए ।  

सामन्तलाई थप उपचारका लागी डडेल्धुरा अस्तपाल लगिएको उहाले जानकारी दिए । दार्चलाबाट धनगढी जाँदै गरेको ग १ ज ५२२४ नम्बरको जिप बुधबार बिहान सवा ५ बजेतिर पाटन नगरपालिका–८ खोड्पेको बन्तड भन्ने भीरमा जिप दुर्घटना भएको हो । 

जिप सडकबाट करिब २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको शव भीरमा अड्किएको छ ।

त्यहाँ  कुहिरो र पानी परिरहेकाले शव निकाल्न असहज भइरहेको घटनास्थलमा पुगेका  प्रहरी निरीक्षक बोगटीले बताए ।

दुर्घटना के कारण भयो भन्ने एकिन नभएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ