arrow

नेकपामा रोचक बन्दै घनश्याम भुषाल कार्ड 

पछार्लान् ईश्वर पोखरेल र नारायणकाजीलाई

logo
प्रकाशित २०७६ साउन ८ बुधबार
ghanashyam-bhusal.jpg

काठमाडौं ।  जहाँ गाह्रो त्यहाँ साह्रो भनेझैं नेकपा कम्युनिष्ट पार्टी (नेकपा) मा विभाग नेतृत्वको जिम्माले अप्ठेरो बनाएको छ । 

वैचारिक नेतृत्व गर्ने विभागलाई महत्वपूर्ण मानिएकाले ‘स्कुल विभाग’ अहिले चर्चामा छ । त्यो भन्दा बढी चर्चा यसको नेतृत्वकर्ताको नामलाई लिएर छ । 

यसका लागि एमालेका तर्फबाट इश्वर पोखरेल र माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठको नाम बाहिर आएको छ । 

यी नाममा सहमति बन्न नसकेपछि विवाद उत्कर्षमा पुगेको छ । ईश्वर पोखरेल जबजलाई अगाडि बढाउन लागेकाले उनलाई दिन हुन्न भन्ने पक्षमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् । 

प्रचण्डलाई काउन्टर दिँदै आएका ईश्वरले दुःख दिएको उनले बिर्सेका छैनन् । अनि नारायणकाजीले अहिलेसम्म प्रवक्ताको भूमिका निभाइरहेकाले उनलाई प्रचार विभागकै नेतृत्व दिनुपर्नेमा अर्का अध्यक्ष केपी शर्मा ओलीको तर्क छ । 

पटक पटक ओली प्रचण्डबीचको वार्ता सफल नभइरहेका बेलामा सचिवालय बैठक नै स्थगित भएको छ । 

स्कुल विभागमा किचलो भएपछि नेकपाका अर्का तार्किक नेता घनश्याम भुषाल ट्रम्पकार्ड फ्याक्दै आइपुगेका छन् आफूलाई स्कुल विभागको नेतृत्वकर्ताको दावी गर्दै । 

तत्कालीन एमालेको नवौं महाधिवेशनबाट उपमहासचिव बनेका भुषाल अहिले नेकपा स्थायी समिति सदस्य छन् । 

मार्क्सवादी प्रशिक्षण र त्यससम्बन्धी अध्ययन गर्दै हिँड्ने नेता भुषालले पार्टीको विचार निर्माणमा आफूले खेलेको भूमिकाको कदर गर्न शीर्ष नेताहरूसँग आग्रह गरेका छन् ।

तर उनी त ओलीबाटै पीडित छन् । उनलाई ओली रुचाउँदैनन् । तर यस्तोमा ओलीले जवरजस्ती ईश्वर नै चाहिन्छ भन्न थाले भने नारायणकाजी पनि फालिन सक्छन् । 

सही समयमा भुषालले आफ्नो नामको ट्रम्पकार्ड फालेको विश्लेषण हुन थालेको छ । प्रचण्डले पनि ईश्वरलाई भन्दा नारायणकाजी नभएका बखतमा भुषाललाई साथ दिन सक्ने विश्लेषण हुन थालेको छ । 

शान्त बसेका घनश्याम भुषाल यसरी बाहिर प्रकट हुनुका पछाडि गतिलै रहस्य भएको समेत अड्कल काट्न थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ