arrow

सत्तापक्ष-प्रतिपक्षको कुरा मिल्यो, संसद बैठक सञ्चालन गर्ने सहमती 

logo
प्रकाशित २०७६ साउन ८ बुधबार
speaker-mahara.jpg

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएपछि बुधबार बस्ने भनिएको संसद बैठकमा अवरोध नगर्ने सहमती भएको छ । सभामुख कृष्णबहादुर महराको पहलमा सिंहदरबारस्थित कार्यकक्षमा भएको  छलफलले संसद बैठक सञ्चालनका लागि सहमति भएको हो । 

सहमतिअनुसार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले बाढी, पहिरो, डुबान लगायतका बारेमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने र सदन सुचारू गर्ने सहमती भएको हो । 

छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, पार्वती डिसी चौधरी, सत्ता पक्षका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, प्रमुख सचेतक देव गरूङ, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति रहेको थियो । 

निर्धारित १ बजे राखिएको प्रतिनिधि सभाको बैठक साढेकालागि सारिएको छ भने १ बजे कार्यव्यवस्थाको बैठक बोलाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ