arrow

बेलायती प्रधानमन्त्रीसँगै प्रेमिकाको पनि चर्चा, को हुन् जोन्सनकी प्रेमिका ?

logo
प्रकाशित २०७६ साउन ८ बुधबार
jonson-kerry.jpg

काठमाडौं । बोरिस जोन्सन बुधबार बेलायती प्रधानमन्त्रीको शपथ लिने तयारीमा छन् । उनी प्रतिस्पर्धी जेरेमी हन्टलाई पछि पार्दै यो पदका लागि चुनिएका हुन् ।

बेलायती सञ्चारमाध्यममा जोन्सनका साथै एक प्रेमिकाको पनि चर्चा चुलिएको छ । उनी प्रधानमन्त्रीको आधिकारिक आवास डाउनिङ स्ट्रिट पुग्दा उनीसँगै एक महिला सँगै बसेकी थिइन् । अहिले उनीबारे विभिन्न किसिमका प्रश्न उठेका हुन् ।

अहिले बेलायती सञ्चारमाधयममा चर्चा पाएकी महिलाको नाम केरी साइमन्ड हो । उनको भविष्यको विषयमा अहिले धेरै किसिमको कुराहरु आइरहेका छन् । केही समाचारपत्रले फस्र्ट लेडीको सट्टामा फस्र्ट गर्लफ्रेन्डसम्मको उपमा उनलाई दिएका छन् । साइमन्डले जोन्सन लण्डनको मेयर हुँदा एनवायरमेन्टल कम्पनी चलाएकी थिइन् ।

जोन्सन २००८ देखि २०१६ सम्म लण्डनको मेयर बनेका थिए । अब उनी प्रधानमन्त्री निवासमा नै बस्छिन् कि अन्तै कतै बस्छिन् भन्ने विषयमा भने यकिन हुन सकेको छैन ।

साइमन्ड कन्जरर्भेटिभ पार्टीकी पूर्व डाइरेक्टर अफ कम्युनिकेशन पनि भइसकेकी छिन् । ३१ वर्षीया केरीसँग ५५ वर्षीय जोन्सनको प्रेमसम्बन्धको खुलासा गत वर्ष भएको थियो । यो घटनापछि उनकी पत्नीले उनलाई सम्बन्धविच्छेद दिएकी थिइन् ।
 
सन् २०१६ मा ईयूबाट बेलायत छुट्टिने पक्षमा मतदान भएपछि दुई प्रधानमन्त्री फेरिइसकेका छन् । बेलायती परम्पराअनुसार महारानी एलिजावेथले जोन्सनलाई सरकार बनाउन आमन्त्रित गर्नेछिन् । प्रधानमन्त्री बनेपछि उनको सबैभन्दा ठूलो चुनौती ईयूसँगै सम्झौता गराउनु हुनेछ ।

जोन्सन ब्रेक्जिटको धुरन्धर समर्थक हुन् । उनले ब्रेक्जिट सम्झौता भए पनि नभए पनि ३१ अक्टोबरमा बेलायत ईयूबाट छुट्टिने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ