arrow

बोल्न पाएपछि समयको भेउ पाएनन् सांसदले, हाँसोको फोहोरापछि रोकियो मन्तब्य 

logo
प्रकाशित २०७६ साउन ८ बुधबार
rajkishor-yadav.JPG

काठमाडौं । १० दिनपछि सुरु भएको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलरुले विरोध गरेनन् । विपद्को बेलामा सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नदिने सहमतीपछि सुरु भएको संसदको बैठक सुरु भए लगत्तै काँग्रेस सांसद मिनेन्द्र रिजालले सार्वजनिक महत्वको प्रस्ताव पेश गरे । 

सो प्रस्तावको समर्थनमा राजपाका नेता राजकिशोर यादवले आफ्नो मन्तव्य राख्नकोलागि फ्लोरमा समय पाएका थिए । कूल ५ मिनेटको समय तोकिएकोमा उनको समय सकिएपछि प्राविधिकहरुले उनको माईकको लाईन काटिदिएका थिए । 

सामान्यतया माईकको लाईन काटिएपछि समयको बारेमा जानकारी प्राप्त गर्नुपर्ने हो । तर, उनले कुनैपनि भेउ पाएनन् । उनी लाईन काटिएपनि निरन्तर बोलिरहे । त्यसपछि सभामुख कृष्णबहादुर महराले समय सकिएको भनेर फेरि उनलाई सम्झाए । त्यो पनि उनले सुनेनन् र बोलिरहे । जब सबै सांसदहरुले हाँसोको फोहोरा छुटाए । त्यसपछि उनी झस्किएर र आफ्नो मन्तव्य टुंगाएर स्टेजबाट विदा भए । 

विपक्षको विरोधका कारण बाढी पहिरोको विध्वंसकाबीच गत असार ३० गते १० दिनको लागि संसद अवरोध भएको थियो । प्रतिपक्षले सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने कार्यतालिका देखेपछि संसदले सूचना टाँस गरी १० दिनसम्मको लागि बैठक स्थगित गरेको थियो । 

बुधबार सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएपछि बुधबार बस्ने भनिएको संसद बैठकमा अवरोध नगर्ने सहमती अनुरुप संसद सुरु भएको हो । संसद सुरु भएपछि काँग्रेस सांसद मीनेन्द्र रिजालले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् । सभामुख कृष्णबहादुर महराको पहलमा सिंहदरबारस्थित कार्यकक्षमा भएको  छलफलले प्रतिपक्षलाई सार्वजनिक महत्वको प्रस्ताव पेश गर्न दिने र प्रतिपक्षले संसद अवरोध पनि नगर्ने सहमति भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ