arrow

समाजवादी पार्टीको प्रदेश समिति अध्यक्षमा यादव

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ साउन ८ बुधबार
samajbadi1.JPG

जनकपुरधाम । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति एकीकरणपछि गठन भएको समाजवादी पार्टीको मधेश प्रदेश समितिको अध्यक्षमा विजय यादव चयन भएका छन् ।

जनकपुरधाममा बुधबार आयोजित समायोजन सभामा प्रदेश समिति समायोजन कार्यदलका संयोजक ,पार्टीका उपाध्यक्ष एवं प्रदेश नम्बरका मुख्यमन्त्री  मोहम्मद लालबाबु राउतले अध्यक्षसहित ७० सदस्यीय नयाँ प्रदेश समितिको घोषणा गरेका छन् ।

नवगठित कार्य समितिको उपाध्यक्षमा रामपृत पासवान, उर्मिला साह, सुशिल यादव चयन भएका छन् भने मुख्य सचिवमा शम्भू झा, सचिवहरुमा दिनेश यादव, ज्ञानेन्द्र कुमार यादव र राम कैलाश यादव चयन भएका छन्।

त्यसैगरि कोषाध्यक्षमा रेणु यादव (सिरहा) चयन भएकी छन्। समायोजित समितिमा तत्कालिन संघीय समाजवादी फोरम नेपालको लहान अधिवेशनबाट निर्वाचित ५१ जना र नयाँ शक्तिबाट १९ जना रहेका छन।

पदाधिकारीहरुमा उपाध्यक्ष सुशिल यादव र सचिव राम कैलाश यादव नयाँ शक्ति तर्फबाट चयन भएका हुन्। अध्यक्ष सहितका अन्य पदाधिकारीहरु फोरमको कोटाबाट आएका हुन् ।

११ पदाधिकारी सहितको ९९ सदस्यीय समितिमा २ उपाध्यक्ष सहित २९ सदस्यको पद खाली राखिएको छ । समायोजन समारोहमा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले संक्रमणकालमा रहेको मुलुकको निकासको लागि समुन्नत संघीय समाजवाद एक मात्र विकल्प रहेको बताए ।

विश्वकै राजनीति परिदृश्यमा पुजीवादी र साम्यवादी विचारधारा चरम संकटमा फँसेको भन्दै समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले संक्र त्यसको विकल्पमा आफुहरुले समुन्नत संघीय समाजवादलाई अघि सारेको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा भट्टराईले समाजमा अन्तरविरोध रहे सम्म संघर्ष जारी रहने उल्लेख गर्दै समावेशीता र संविधान विपरित आएको लोक सेवा आयोगको विज्ञापन विरुद्ध संघर्षको विकल्प नरहेको बताए ।

कार्यक्रममा केन्द्रिय समिति अध्यक्ष उपेन्द्र यादवले समाजवादी पार्टी वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेको  उल्लेख गर्दै त्यसका लागि थुप्रै पार्टीहरुसंग साकारात्मक छलफल चलिरहेको बताए ।

 केन्द्रिय समिति अध्यक्ष  यादवले  संघीय लोकतान्त्रिक व्यवस्थामा संसदीय सर्वोच्चता हुने भएपनि मुलुकमा संसदीय सर्वोच्चता माथि नै प्रहार भै रहेको हुदा सचेत रहन नेता कार्यकर्ताहरु निर्देशन दिए ।

 आफुहरु संविधान संशोधनको सर्तमा सरकारमा सहभागी भएको बोल्दै उपप्रधानमन्त्री समेत रहेका यादवले संविधान संशोधन नभए संघर्ष एक मात्र विकल्प रहने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ