arrow

आठौं सागको लोगो बनाउने वरिष्ठ चित्रकार सुरेन्द्र रहेनन् 

logo
प्रकाशित २०७६ साउन ८ बुधबार
shrestha2.jpg

काठमाडौं । आठौं दक्षिण एसियाली खेलकुद सागको लोगो बनाउने वरिष्ठ चित्रकार सुरेन्द्र श्रेष्ठको निधन भएको छ । कलेजो लगायतका रोगबाट पीडित श्रेष्ठको उपचारको क्रममा बुधबार काठमाडौंको भेनस अस्पतालमा निधन भएको हो । 

इलाम जिल्ला मंगलबारे घर भएका श्रेष्ठ लामो समयदेखि काठमाडौंमा बस्दै आएका थिए । श्रेष्ठका आमा बुवा नर कुमार श्रेष्ठ पार्वती देवी श्रेष्ठ र छोरा  रोमन श्रेष्ठ रहेका छन् ।  

उनको बुधबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले बताएको छ ।

कुशल चित्रकार श्रेष्ठले नेपालले आयोजना गरेको आठौंं सागको लोगो बनाएका थिए । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेलामा सम्पन्न उक्त सागमा नेपाली खेलाडीले अहिलेसम्मकै सबैभन्दा बढी पदक बटुलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ