arrow

मेस्सीले भने –'मलाई रोनाल्डोसँग दाँजेको मन पर्दैन'

logo
प्रकाशित २०७२ चैत १५ सोमबार
Messi_Ballon_d_or.jpg.jpeg
एजेन्सी। अर्जेन्टिनाका स्टार तथा बार्सिलोनाका स्टाइकर लियोनल मेस्सीले उनलाई रियाल मड्रिडका फरवार्ड क्रिश्चियानो रोनाल्डोसँग दाँजेको मन नपर्ने बताएका छन्।  अहिलेको फुटबलमा मेस्सी र रोनाल्डोलाई दाँजेर हेर्ने गरिएको छ जुन मेस्सीलाई मननपर्ने बताएका छन्। दुवै आ-आफ्ना क्लबकालागि उत्कृष्ठ प्रदर्शन गरिरहेका खेलाडी हुन् भने दुवैले आफ्नो राष्ट्रिय टोलीबाट उल्लेखनिय प्रदर्शन गर्न सकेका छैनन्। 
 
मेस्सीको नेतत्वमा विश्वकप फुटबल २०१४मा अर्जेनटिना फाईनलमा जर्मनीसँग हारेको थियो भने कोपा अमेरिकामा चिलीसँग परजित भएको थियो। 
 
पाँच पटकको फिफा बेलोन डे-ओर बिजेता    बार्सिलोनाका स्ट्राइकर मेस्सीले को खेलाडी उत्कृष्ट ? भन्ने विवादमा आफ्नो मतलब  नभएको र  उनको ध्यान केवल आफ्नो र टिमको  खेल तथा प्रदर्शनमा रहेको जनाएका छन्। प्रदर्शन राम्रो गरे को उत्कृष्ट भनेर दर्शकले आफै मुल्यांकन गर्नेछन उनले भने।  
 
उनले रोनाल्डोसँगै  आफुलाई अन्य खेलाडीसँग पनि जोडेर नहेर्न मिडियालाई आग्रह गरेका छन्।मिडियाका लागी फुटबल सम्बन्धी कुरा गर्ने अन्य  प्रश्सत विषय रहेको भन्दै 'म आफूलाई रोनाल्डो वा अरु कोहीसँग पनि तुलना गर्दिन । म आफ्ना, टिमका साथी तथा खेल कसरी जित्ने भन्ने बारेमा मात्रै सोच्ने प्रयास गर्छु ।’  
 
स्पेनिस ला लिगा अन्तर्गत आउँदो हप्ता बार्सिलोनाको घरेलु मैदानमा हुने 'एल क्लासिको'मा मेस्सी र रोनाल्डो  आ-आफ्नो टिमको प्रमुख खेलाडीका रुपमा मैदानमा  प्रतिस्पर्धा गर्नेछन्  ।  यो सिजनको 'एल क्लासिको'को पहिलो भेटमा बार्सिलोनाले रियल मड्रिडलाई उसकै घरेलु मैदानमा ४-० को लज्जास्पद हार चखाएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ