arrow

कोसँग फसे राजकुमारको जस्तो जीवनशैली भएका शाहरुखका छोरा ?

logo
प्रकाशित २०७६ साउन ९ बिहिबार
aryan-khan.jpg

काठमाडौं । भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खान अहिले सञ्चारमाध्यममा चर्चामा रहेका छन् । हालसालै आर्यन खानले ‘द लायन किङ’मा आफ्नो आवाज दिएर धेरैलाई प्रभावित पनि गरेका छन् ।

यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ पनि गरिरहेको छ । त्यस्तोमा आर्यन खान एक युवतीसँग देखिएका छन् । यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । समाचारमा बताइएअनुसार उक्त युवती लण्डनकी चर्चिन ब्लगर हुन् । सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार आर्यन खान अहिले यिनीसँगको प्रेमसम्बन्धमा छन् । तर, अहिलेसम्म यो कुराको पुष्टि भने भइसकेको छैन ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीरमा आर्यन खान उक्त युवतीसँग पोज दिँदै गरेको देखिन्छ ।

आर्यनको जन्म १३ नोबेम्बर १९९७ मा महाराष्ट्रमा भएको हो । आर्यनले स्कूलको शिक्षा सेवनोक्स स्कूल लण्डनबाट लिएका हुन् । आर्यनलाई रग्बी, तेक्वान्डो जस्ता खेल मन पर्छ । सन् २०१० मा  आर्यनले तेक्वान्डोमा गोल्ड म्याडल जितेका थिए । यस बाहेक संगीत पनि उनको रूचिको बिषय हो । पैसाको कुरा गर्ने हो भने आर्यनका बुबा शाहरुख खानसँग करिब ६७ अर्व ७७ करोड रुपैयाको सम्पती रहेको छ ।

आर्यनलाई कारको पनि निकै शौक छ। उनिसँग मर्सिडीज बेन्ज र फेरारी जस्ता महंगा कार रहेका छन् । आर्यन आफ्ना बुबा शाहरुख खानसँगै 'मन्नत' बंगलामा बस्छन् । शाहरुखसँग मुम्बईमा मन्नत लगायत विश्वका कयौ स्थानमा सम्पती रहेको छ ।

आर्यनको खास साथिमा अमिताभ बच्चनकी नातिनी नव्या नवेलीको नाम आउछ । प्राय आर्यन नव्यासँग देखिन्थे ।

यसअघि पनि आर्यन चलचित्रमा पनि देखिसकेका छन् । 'कभी खुशी, कभी गम'मा आर्यनले शाहरुख खान सानो छदाको भुमिका निभएका थिए। यस बाहेक आर्यनले हलिउड चलचित्र 'द इन्क्रेडिबल्स'को हिन्दी भर्जनको लागि स्वर दिएका थिए ।

आर्यन खान बहुबली स्टार प्रभास र राणा दग्गुबातीको साथमा अब छिटै नै साउथ फिल्ममा आउनसक्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ