arrow

चर्चामा रहेको फाइभजी इन्टरनेट प्रयोगमा यस्ता छन् समस्या

logo
प्रकाशित २०७६ साउन ९ बिहिबार

काठमाडौं । पछिल्लो समय विश्वभर फाइभजीको चर्चा तथा विस्तारको क्रममा बढ्दो क्रममा छ । यस्तोमा यसले समाजमा तथा सम्बन्धित मुलुकमा पार्ने असरको विषयमा विभिन्न किसिमको चर्चा पनि चुलिँदै गएको छ । यस्तोमा अवस्थामा फाइभजीको प्रयोग गर्दा प्रयोगकर्ताले चाहि कस्तो समस्याको सामना गर्नुपर्छ त ? यहाँ फाइभजी प्रयोगको क्रममा प्रयोगकर्ताले सामना गर्नुपर्ने केही समस्या उल्लेख गरिएको छ ।

१. महँगा स्मार्टफोन
अहिले बजारमा उपलब्ध फाइजभी स्मार्टफोन सर्वसाधारणको लागि खरीद गर्नु निकै महँगो छ । यसमा प्रयोग गरिने त्यसै किसिमको मोबाइल चिप्सको कारण मूल्य आकाशिएको हो । त्यसका साथै यसको लागि आवश्यक अन्य केही फिचर्सले पनि यसको मूल्य बढाएको छ । यसले पनि सर्वसाधारण प्रयोगकर्ताले फाइभजी स्मार्टफोन खरीद गर्नसक्ने अवस्था छैन । यस्तोमा केही स्मार्टफोन निर्माताले सस्तो ५जी फोन ल्याउने तयारी पनि गरिरहेका छन् । यस्तो अवस्थामा अझै केही समय सबैले प्रयोग गर्नसक्ने स्मार्टफोन आउनका लागि लाग्नसक्ने देखिएको छ ।

२. महँगो शुल्क
फाइभजी चल्नसक्ने स्मार्टफोन मात्र नभई फाइभजी इन्टरनेटको शुल्क पनि महँगो पर्ने गरेको छ । अहिले चलाइरहेको इन्टरनेटको तुलनामा फाइभजी इन्टरनेट महँगो भए धेरैका लागि यो प्रयोग गर्नु त्यति सहज पनि हुँदैन ।

३. ब्याट्रि क्षमता
फाइभजी इन्टरनेटको प्रयोगको अर्को समस्या ब्याट्रिको क्षमता हो । फाइभजीले फोरजीको तुलनामा बढी चार्ज खपत गर्छ । जसको कारण स्मार्टफोनमा ब्याट्रि नटिक्ने समस्या आउन सक्छ । विभिन्न स्मार्टफोनमा गरिएको अध्ययनको क्रममा फाइभजीले ब्याट्रि खपत बढी गर्ने गरेको पाइएको थियो ।

४. छिटै स्मार्टफोन तात्ने
वैज्ञानिकहरुले गरेको एक अनुसन्धानमा फाइभजीको प्रयोग गर्दा मोबाइल धेरै तात्ने गरेको पाइएको थियो । फोरजीको तुलनामा फाइभजी इन्टरनेटको सिग्नलको कारण यस्तो समस्या देखिएको हो । केही कम्पनीहरुले हाइ–फ्रिक्वेन्सी एमवेब स्पेट्रमको प्रयोग गर्ने गरेका छन् । यसले स्मार्टफोन अत्यधिक तात्ने समस्या निम्तिन सक्छ ।

५. पूर्ण विकास हुन बाँकी
अहिे फाइभजीको विस्तार पनि पूर्णरुपमा भइसकेको छ । अहिले हामीकहाँ रहेका पूर्वाधार पनि फाइभजी चलाउन सकिने किसिमको छैन । साथै फाइभजीको परीक्षण शुरु गरेका मुलुकमा पनि आवश्यक मात्रामा यसको पूर्वाधारको अभाव देखिएको छ । त्यसले यसको प्रयोग सहज रुपमा हुन अझै केही समय प्रतीक्षा गर्नुपर्ने अवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ