arrow

लालीगुराँस गोल्डकपको दोश्रो संस्करण बैशाख ११ बाट हुने

देशका उत्कृस्ट १६ टिमको प्रतियोगितामा सहभागिता

logo
प्रकाशित २०७२ चैत १५ सोमबार
goldcup-2073.jpg.jpeg
तेह्रथुम। तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुरमा बैसाख ११ गते बाट लालीगुराँस गोल्डकप संचालन गरिने भएकोछ। पाथिभरा युवा सामुदायिक क्लबका अनुसार लालीगुराँसको राजधानी तीनजुरे–मिल्के–जलजलेको प्रबेश द्वार बसन्तपुरमा त्यस क्षेत्रको पर्यटन प्रबर्धन साथै पहाडी क्षेत्रमा खेलकुद बिकासको लागि गोल्डकप आयोजना हुन लागेको हो।
 
देशका विभिन्न उत्कृस्ट १६ टिमको सहभागिता हुने उक्त प्रतियोगिता बैसाख ११ बाट १७ गते सम्म सन्चालन गरिने कुरा पाथिभरा युवा सामुदायिक क्लबका अध्यक्ष मिलन थापाले जानकारी दिए।
 
०५६ सालबाट सन्चालन सुरु गरिएको लालीगुराँस गोल्डकपको निरन्तरता स्वरुप दोश्रो संस्करणको रुपमा प्रतियोगिता आयोजना गर्न लागिएको थापाले बताए।
 
प्रतियोगितामा बिजयी हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित १६ ग्राम सुन र १ सय २० तोला चाँदी जडित कप प्राप्त गर्नेछन्। त्यसैगरी, उपबिजेता टिमले ५५ हजार ५ सय ५५ पाउने कुरा क्लबका महासचिब बिजय सोदेम्बाले जानकारी दिए।
 
गोल्डकपको निरन्तरताले पर्यटकीय क्षेत्रहरु तीनजुरे मिल्के जलजले, आर आर गार्डेन, पाँचपोखरी, गुफा पोखरी, मेन्छ्याएम डाँडा, पाथिभरा मन्दिर लगाएतको क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि महत्वपूर्ण हुने विश्वास गरिएको छ। गोल्डकप अवधि भर ५० हजार बढी आन्तरिक तथा बाह्य पर्यटक आगमन हुने आकलन गरिएको स्थानीय जीएस बस्नेतले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ