arrow

एकलाल बुद्धिचाल संघको अध्यक्षमा निर्वाचित

logo
हेटौडा
प्रकाशित २०७२ चैत १५ सोमबार
Chess.jpg.jpeg

 

हेडौडा । नेपाल बुद्धिचाल संघको पाँचौं साधारण सभाबाट एकालाल श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्  । त्यसैगरी बरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्षमा क्रमश इलामका विदुर गौतम, ललितपुरका हेराकाजी महर्जन, मकवानपुरका धरम बहादुर लामा, काठमाडौका ज्ञानेन्द्र महर्जन निर्विरोध निर्वाचित भएका छन् । सहकोषाध्यक्ष मोरङ्गका ज्ञानेन्द्र पराजुली निर्विरोध निर्वाचित भए ।

शनिवार हेटौडामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष र सदस्य पदमा भने चुनाव भयो । ४ जना उपाध्यक्षको लागि भएको चुवावमा रुपन्देहीका माधव प्रधान, मोरङ्गका राजेन्द्रप्रसाद रिजाल, काठमाण्डौंका सुजेन्द्रप्रसाद श्रेष्ठ र नारायण दास गमालले विजयी हासिल गरे ।

यसैगरी ९ सदस्य पदको चुनावमा दोलखाका गोविन्द श्रेष्ठ र उमेश के.सी, झापाका निरज निरौला, कैलालीका धनबहादुर बोगटी, इलामका दिपेन राई,  ललितपुरका श्याम ब्यन्जनकार, जुम्लाका रतन नाथ योगी, पर्साका राम किशोर सिंह र कंचनपुरका टिकादत्त दाहाल निर्वाचित भए । नेपाल बुद्दिचाल संघको बिधान अनुसार १९ जना निर्वाचित र १२ जना मनोनित सहित ३१ जनाको कार्यसमिति बन्ने छ ।

 कार्य समितिको पहिलो बैठकले नै केही पदमा मनोनित समेत गरेको छ । मनोनित हुनेमा उपाध्यक्ष भक्तपुरका ज्ञानेन्द्र खाइजु र सदस्यहरुमा कास्कीका बाबुराम पन्त, खोटाङ्गकी मोनालिसा खम्बु र काठमाण्डौकी रजुला जोशी परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ