arrow

चाणक्य बन्दै अजय देवगन, दुई भागमा बन्नसक्छ चलचित्र

logo
प्रकाशित २०७६ साउन १० शुक्रबार
chanakya5.jpg

काठमाडौं । अजय देवगन चाणक्यको जीवनमा बनिरहेको फिल्ममा मुख्य भूमिकामा देखिनेछन् । यो फिल्मको घोषणा एक वर्षअघि भएको थियो । तर, अहिलेसम्म यो फिल्म शुरु हुन सकेको छैन ।

अब छिटै नै यो फिल्मको प्री–प्रोडक्शनको काम शुरु हुनेछ । फिल्मको निर्देशन नीरज पाण्डेले गर्नेछन् । चाणक्यको जीवन देखेर निर्माताले फिल्मलाई दुई भागमा ल्याउने विषयमा विचार गरिरहेका छन् ।

स्रोतका अनुसार लामो समयदेखि नीरजले चाणक्यको जीवनबारे अनुसन्धान गरिरहेका छन् । उनले अहिले अहिलेसम्म ध्यान नदिएको उनको जीवनको घटनाको विषयमा अध्ययन गरिरहेका छन् । अहिलेसम्म यो फिल्म दुई भागमा बन्ने वा एकै भागमा बन्ने भन्ने विषयमा अन्तिम निर्णय भएको छैन ।
 
यसअघि पनि अजय देवगनले आफू यो फिल्मलाई लिएर निकै उत्साहित रहेको बताएका थिए । चाणक्यको लुकको लागि प्रोस्थेटिक प्रविधिको प्रयोग गरिनेछ । अहिले अजय देवगन तानाजीको शुटिङ गरिरहेका छन् । त्यसका साथै उनी छिटै नै भुजः द प्राइड अफ इन्डियाको शुटिङमा व्यस्त हुनेछन् । यी दुई फिल्मपछि उनले चाणक्य फिल्मको शुरुवात गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ