arrow

सलमानलाई बढ्दो उमेरको डर

logo
प्रकाशित २०७६ साउन १० शुक्रबार
salmanss.jpg

काठमाडौं । भारतीय अभिनेता सलमान खानको एक्शन सिन भएको फिल्म फ्यानले निकै रुचाउने गरेका छन् । तर, ५३ वर्षीय सलमानले यस किसिमको एक्शन फिल्म खेल्नु निकै कठिन हुने बताएका छन् । एक अन्तर्वार्ताको क्रममा उनले यस्तो खुलासा गरेका हुन् ।

 उनले आफूले सधैं एक्शन फिल्ममा काम गर्दै आएकोले आफूलाई त्यसको बानी परिसकेको उनको भनाइ छ । तर, कुनै एक्शन सिन ५–६ पटक रिहर्सन गर्नुपर्ने समस्याले उनलाई सताउने गरेको छ ।

यसै क्रममा उनलाई बढ्दो उमेरको डरको विषयमा प्रश्न गरिएको थियो । जवाफमा उनले बढ्दो उमेरको डरले सबैलाई सताउने गरेको बताए । उनले बढ्दो उमेरसँगै कडा परिश्रम गर्दै आफ्नो तर्फबाट उत्कृष्ट नतिजा दिनुपर्ने बताएका छन् । साथै पहिलाको जस्तो अनुशासनहीन पनि हुन नसकिने उनको भनाइ छ ।
 
 सलमानले आफू राति केवल २ देखि ३ घण्टामात्रै सुत्न पाउने गरेको बताए । उनी रातभर पेंटिङ गर्ने वा टीभी हेर्ने गर्छन् । सलमान खान भर्खरै भारत फिल्ममा देखिएका छन् । यो फिल्ममा उनको साथमा कटरिना कैफले पनि अभिनय गरेकी थिइन् । फिल्मले बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो ।

५३ वर्षको भइसकेका सलमान आफ्नो फिटनेसको मामिलामा निकै सचेत छन् । सलमान खानको अहिले आफ्नो फिटनेसका लागि विभिन्न प्रयास गरिरहेको भिडियो तथा तस्वीर सार्वजनिक हुने गरेको छ । कुनै समय यस्तो पनि थियो, जतिबेला सलमान खान निकै दुब्ला थिए । उनी आफ्नो तौल बढाउन फिल्म सेटमा नै ३०-३० रोटी खान्थे ।

सलमान बलिउड प्रवेश गर्दा निकै दुब्ला थिए । एक अन्तर्वार्ताको क्रममा उनले आफूले त्यतिबेला तौल बढाउन ठूलो संघर्ष गरेको उल्लेख गरेका छन् । उनले मैंने प्यार किया फिल्मको सेटमा ३० रोटी र उल्लेख्य केरा पनि खान्थे ।

तर, अहिलेको अवस्था भने फेरिएको छ । उनी अहिले खाना सुँघेमा पनि वजन बढ्ने गरेको बताउँछन् । अहिले निकै सम्हालिएर खाना खाने गरेको उनले बताए । उनले सुल्तान र भारत फिल्मका लागि निकै कम समयमा वजन घटाउने र बढाउने दबाब पूरा गरेको उनले बताए ।

 त्यसका लागि उनले १५ किलो तौल बढाउने र घटाउने प्रयास गर्नुपरेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ