arrow

हनुमानले टुक्रा टुक्रा बनाए माता सीताले दिएको मोतीको माला

राम नाममा हनुमानको लगन

logo
नामको महिमा,
प्रकाशित २०७६ साउन १० शुक्रबार
Lord-Rama-Giving-Blessing-To-Lord-Hanuman.jpg

काठमाडौं । एक पटक मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रले आफ्नो सेवकहरुलाई प्रसन्न भएर उनिहरुलाई उपहार दिने तयारीमा जुट्नुभयो । पुरस्कार दिन दरबारका सबै जुटेका थिए । भगवानले आफ्नो  एक एक भक्तलाई उपहार दिनुभयो । तर प्रभुले हनुमानलाई केहि पनि दिनुभएन  ।

यो देखेर माता सीता निकै दुखी हुनुभयो,'जब सबैले केहि न केहि दिइयो भने प्रिय सेवक, भक्त शिरोमणि हनुमानसँग यस्तो व्यवहार किन ?' जगत जननी माता सीताले आफ्नो गलामा रहेको मोतीको माला उतारेर हनुमानलाई दिनुभयो  । हनुमानले त्यस बहुमुल्य मलालाई धारण गर्नुभयो ।

सबै सभामा प्रसन्न थिए तर एकाएक हनुमानले आफ्नो गलाको माला उतारेर त्यस मोतीको दाननलाई दाँतले फोड्न सुरु गर्नुभयो। तब सबै विस्मित भएर हनुमानको क्रियाकलापलाई हेरि रहे । सभामा रहेका सेवकले सोचे,' यो बाँदर यस अनमोल मोतीको मुल्यको बारेमा के जानोस।'  एक जनाले हनुमानसँग सोधे,'हनुमान तिमि मोतीलाई किन तोडि रहेका छौ ?'
 
हनुमानले भन्नुभयो,' सज्जन म यस मोतीको टुक्रा टुक्रामा रामको नाम खोजी रहेको छुँ ।'
सभामा रहेका मानिसहरुले भने,'हनुमान जुन रामको नाम तिमि मोतीमा खोजी रहेका छौ,  के तिम्रो हृदयमा पनि त्यो राम नाम छ ?'
हनुमानले भन्नुभयो,' छ, त्यो राम नाम मेरो हृदयको भित्र छ ।'
 यति भनेर हनुमानले आफ्नो हृदय फोडेर हृदय भित्र जिज्ञासुहरुलाई रामको नाम बताउनुभयो । हनुमानको यस नाम प्रेमलाई देखेर सबै प्रसन्न भए ।

यस दृष्टान्तको भाव यो हो कि त्यो राम नाम हनुमान भित्र मात्र नभएर  सबैको हृदयमा विद्यमान छ । हनुमानले आफ्नो हृदय भित्र आफ्नो स्वासमा त्यस नामलाई बताउनुभयो ।

त्यो नाम अव्यक्त छ । यदि बोलिन्थ्यो भने हनुमान मुखबाट बोलेर भन्नुहुन्थ्यो कि त्यो नाम 'राम' हो । यदि हृदयलाई फोडेर  हृदयमा त्यो नाम देखिन्थ्यो भने शल्य चिकित्सा गर्ने डाक्टरलाई त्यो नाम अवश्य दृष्टिगोचर हुन्थ्यो ।

तर सत्य यो हो कि त्यो नाम सबैको हृदयको बिच स्वासमा छ ।  यस स्वासमा रम्ने रामको नामलाई आफ्नो हृदयमा हनुमानले बताउनुभएको हो ।     

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ