arrow

प्रदेश नम्बर ५ का २ मन्त्रालयमा थप भौतिक निर्माण, एक मन्त्रालयको तयार, अर्कोको ३० प्रतिशत बाँकी

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ साउन ११ शनिबार
phycial-infrastructure-province-5.jpg

रुपन्देही। प्रदेश नम्बर ५ का २ मन्त्रालयहरुले आफ्नो मन्त्रालय परिषरलाई स्थायीको झल्को दिनेगरी ब्यवस्थीत गर्ने कार्य शुरु गरेका छन्। प्रदेश नम्बर ५ अन्तरगतका भौतिक पूर्वाधार बिकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा व्यवस्थीत गर्न लागिएको हो। 

जस मध्य भौतिक पुर्वाधार बिकास मन्त्रालयको कार्य सकिएको छ। गत चैत्र अन्तिम हप्ता ५२ लाखको टेण्डरमा भौतिक पूर्वाधार बिकास मन्त्रालयमा शरु भएको काम टेण्डर समय असार भित्रै समापन भएको ठेकेदार आकृति मालिका कन्स्ट्रक्सन प्राली कुपनटोल ललितपुरका सञ्चालक मनोज अर्यालले बताए। उनले असार मसान्त सम्म गरिसक्ने गरी टेण्डर भएको र अन्तीम दिन सम्ममा काम समापन भएको बताए।

यता भौतिक पूर्वाधार बिकास मन्त्री तथा सरकारका प्रबक्ता समेत रहेका मन्त्री बैजनाथ चौधरीले अन्य प्रयोजनका लागि निर्माण गरीएका भवनमा मन्त्रालय राखिएको बताउँदै मन्त्रालयको ढाँचामा लैजाने लागेका बताए। उनले काम गर्नको लागि सहज वातावरण सिर्जना गर्नको लागि आवश्यक पुर्वाधार बनाउनु पर्ने र त्यो काम भईरहेको बताए। 
उनले भने –‘मन्त्रालयको लागि बनेका मन्त्रालयमा हामी बसेका छैनौँ। यहाँ न पार्किङ्ग नै राम्रो थियो भने पानी पर्दा हिलो हुने अबस्था थियो त्यसैले यो कार्य शुरु गरेका हौँ।’

यो कार्यले मन्त्रालयको पुर्वाधारमा कमि नआउने र पार्किङ्गमा सहजता लगायतका कार्यहरु हुने उनको भनाई छ। नाला, पार्किङ्ग, टायल तथा फुलबारी लगायतका कुराहरु समावेस भईरहेको ठेकेदार अर्याल बताउँछन्। उनले पानी पर्दा २ दिन काम रोक्नुपर्ने अवस्था आएपनि भौतिक पुर्वाधार बिकास मन्त्रालयको कार्य भने समयमानै सकिएको बताए।

यता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा भने निर्माणको कार्य अझैसम्म ७० प्रतिशत मात्रै काम सकिएको छ। ठेकेदार कम्पन्नी आकृति मालिका कन्स्ट्रक्सन प्राली कुपनटोल ललितपुरले बैशाखको अन्तिममा लिएको ठेक्काको काम गर्दा पानी पर्दा गर्न नसकिएको बताएको छ। 

भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्तरगतको सहरी सञ्जाल भवन कार्यालय भैरहवाबाट ४५ लाखमा भएको टेण्डरमा असार मसान्त सम्म गरीसक्ने सम्झौता भएको थियो। धेरैजसो काम सकिएको तर पिज गर्ने लगायतका कामहरु पानी परेको समयमा गर्न नसकिने हुँदा काम रोकिएको ठेकेदार कम्पनी सञ्चालक मनोज अर्यालले बताए। 

उनले असारे बिकास भन्ने समाचार आफुले देखेको बताउँदै त्यस्तो कार्य नहोस् भन्नका लागि काम रोकिएको बताए। उनले आफुले गुणस्तरीय कार्य गरेको दाबी समेत गरेका छन्। उनले अब ५ दिन घाममा लागेमा काम सबै सम्पन्न हुने बताए। सरकारले जेठ महिनामा टेण्डर खुलाउने परम्परा हटाउनु पर्ने उनको भनाई छ। उनले काम गर्नको लागि आवश्यक समय उपलब्ध गराउनु पर्ने बताउँछन्। 

उनले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भनेको कुरा सम्झिदै भने –‘मुख्यमन्त्री जि ले जेठ मसान्त सम्म सक्नुपर्ने भन्नुभएको थियो, यो राम्रो कुरा हो तर त्यसको लागि छिटो नै टेण्डर खुलाउनु पर्छ। हामीकहाँ जेठ लाग्ने बेला खोलीन्छ। समय पनि थोरै हुन्छ काम पनि गुणस्तरहीन्। ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ