arrow

चीनको गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदार स्वदेश फिर्ता  

logo
प्रकाशित २०७६ साउन १२ आइतबार
nepal-china-flag.jpeg

काठमाडौँ । चीनको ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदार शनिबार नेपाल फर्काइएको छ ।     
     
बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनीहरुलाई दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा नेपाल फर्काइएको हो । 

उनीहरुमध्ये ४१ कुन्मिङ र तीन ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार नेपाल आइपुग्नेछन् । ती नेपाली कामदार वैदेशिक रोजगार विभागबाट श्रम अनुमति प्राप्त गरी गत मे महीनामा उक्त कारखानामा काम गर्न भनी चीन गएका थिए ।     
     
दूतावासमा जुन महीनाको दोस्रो हप्तामा करार अनुरुपको पारिश्रमिक र सेवासुविधा नपाएको गुनासो प्राप्त भएपछि नेपाल र चीनका सम्बन्धित सरकारी निकायहरुको समन्वयमा र नेपालको सम्बन्धित म्यानपावर कम्पनीको खर्चमा उनीहरुलाई नेपाल फर्काइएको दूतावासले जनाएको छ ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ