arrow

अर्जुन कपूरसँगको प्रेमबारे मलाइकाले भनिन् –सबैले दोस्रो अवसर पाउनुपर्छ

logo
प्रकाशित २०७६ साउन १२ आइतबार
malaika-1.jpg

काठमाडौं । भारतीय अभिनेत्री मलाइका अरोडाले एक अन्तर्वार्तामा प्रेममा सबैलाई दोस्रोपटक मौका मिल्नुपर्ने बताएकी छिन् । साथै उनले सबैले यसलाई स्वीकार गर्नुपर्ने पनि उल्लेख गरेकी छिन् । उनी अहिले अर्जुन कपूरसँग प्रेमसम्बन्धमा छिन् ।

मलाइका अरोडाले अर्जुन कपूरसँगको प्रेम सम्बन्ध लामो समयसम्म गुपचुप राखेकी थिइन् । कही समयअघि अर्जुन कपूरको जन्मदिनमा उनले यो सम्बन्ध सार्वजनिक गरेकी थिइन् ।

यस विषयमा जानकारी दिँदै मलाइकाले भारतीय महिलालाई दोस्रोपटक प्रेम सम्बन्धमा पर्नु निकै कठिन रहने बताएकी छिन् । उनले भारतमा विभिन्न किसिमको अवरोध रहेको र महिलालाई दोस्रोपटकको प्रेमबाट रोक्ने गरेको बताएकी छिन् ।

उनले यी सबै विषयमा खुला दिमागले सोचविचार गरेर हेनुपर्ने बताएकि छिन् । ४५ वर्षीय मलाइकाले अरबाज खानसँग विवाह गरेकी थिइन् । मलाइका र अरबाजको १६ वर्षीय छोरा अरहान पनि छन् । तर, उनीहरुले सम्बन्ध विच्छेद गरिसकेका छन् ।

यस विषयमा मलाइका अरोडाले यस्ता विषयबाट पार पाउन केही संवेदनशीलताको पनि आवश्यकता हुने बताएकी छिन् । यस्तोमा मानिसले नकारात्मक प्रतिक्रिया दिने गरेको बताइन् । उनी आफू मानिसले सबै कुरालाई एक साथ अघि बढाएको हेर्न चाहेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ