arrow

क्षतिबारे मुख्यमन्त्री राउतले प्रधानमन्त्रीलाई गराए जानकारी

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ साउन १२ आइतबार
pradesh.JPG

जनकपुरधाम । प्रदेश नम्बर दुईमा  बाढीबाट भएको क्षतिबारे मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका छन्।

अषाढ २७ गते आएको भीषण बाढीबाट प्रदेश नम्बर दुईमा भएको क्षतिबारे सम्वन्धित पक्षलाई जानकारी गराउनुको साथै सहयोग जुटाउने उद्देश्यले काठमाण्डौ पुगेका  मुख्यमन्त्री राउत सहितको सर्वदलिय टोलीले आइतबार प्रधानमन्त्री ओलीलाई  भेटेका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मुख्यमन्त्री राउतले बाढीबाट प्रदेश नम्बर  दुईमा सार्वजनिक र नीजि गरि अर्बौ रुपैया बराबारको क्षति भएको ३७ जना भन्दा बढीको मृत्यु भएको तथा हजारौ परिवार घरबार विहीन भएको प्रधानमन्त्रीलाई  जानकारी गराएका हुन् ।

बाढीबाट भएको क्षतिको परिपूर्ति प्रदेश सरकारको बुता भन्दा बाहिर रहेको बोल्दै मुख्यमन्त्री राउतले  विस्थापितहरुको पुनर्वास र पुनर्निमाणको लागि संघीय सरकारलाई सहयोग गर्न आग्रह समेत गरे ।

आइतबार भेटमा मुख्यमन्त्री राउतले विस्थापित परिवारहरुको पुनर्वास, नदी नियन्त्रण र सडक मर्मत माथि विशेष जोड दिए । जवाफमा प्रधानमन्त्री ओलीले केही दिन भित्रै आफुपनि बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने र आवश्यक सहयोग गर्ने आश्वासन दिए।

भेटमा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव समेतको उपस्थिति रहेको थियो भने प्रदेश दुई को सर्बदलिय टोलीमा मुख्यमन्त्री राउत सहित भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव सहितको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ