arrow

रणवीर दीपिकाको सिउँदोमा अचार लगाउनेछन्, नायिकाले दिइन् यस्तो जवाफ

logo
प्रकाशित २०७६ साउन १२ आइतबार
deepika-ranveer1.jpg

काठमाडौं । भारतीय अभिनेता रणवीर सिंह तथा नायिका दीपिका पादुकोण गत वर्ष नोभेम्बरमा विवाह बन्धनमा बाँधिएका थिए । आफ्नो वैवाहिक जीन्दगीका साथै अहिले यो जोडी आफ्नो काममा ध्यान दिइरहेको छ ।

रणवीर र दीपिकाको विवाहको तस्वीरको विषयमा एक महीनासम्म सामाजिक सञ्जालमा चर्चामा रहेको थियो । हालै दीपिकाले आफ्नो विवाहको फोटोको कमेन्टमा गरिएको कमेन्टको गज्जबको उत्तर दिएकी छिन् । उनले विवाह भएपछि मानिसहरुले विभिन्न किसिमको कमेन्ट फोटोमा गरेको बताएकी छिन् ।

एक कमेन्टले भने उनलाई रोमान्चित बनाएको थियो । एक फ्यानले उनीहरुको फोटोमा ट्वीट गर्दे लेखेका थिए,‘रणवीरले दीपिकाको सिउँदोमा सिन्दुर नभई अचार भर्नेछन् ।’

यसको जवाफ दिँदै दीपिकाले आफू आफू स्पाइसी फूडको दिवानी भएको कारण यस्तो हुनसक्ने बताएकी छिन् । आफ्नो स्पाइसी शोख पूरा गर्न उनले त्यसो गरेको खण्डमा त्यो पनि गलत नहुने उनको भनाइ छ ।

दीपिका र रणवीर अहिले स्क्रिनमा पनि एकसाथ आउँदैछन् । निर्देशक कबीर खानले दीपिका र रणवीरलाई ८३ नामक फिल्मका लागि लिएका छन् । यो फिल्ममा रणवीर कपिल देवको भूमिकामा देखिनेछन् । दीपिकाले उनकी पत्नीको भूमिका निभाउनेछिन् ।

रणवीर सिंहले आफ्नो जन्मदिनको अवसरमा आफ्नो ८३ को पहिलो लुक सार्वजनिक गरेका थिए । उनी कपिल देवजस्तै देखिएका छन् । यो फिल्म सन् १९८३ मा भएको विश्वकपमा आधारित रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ