arrow

नेपाली जनसम्पर्क समिति इजरायलले मनायो वीपी स्मृति दिवस

logo
प्रकाशित २०७६ साउन १३ सोमबार
janasamparka-isreal.jpg

इजरायल । नपाली कांग्रेस भातृ संगठन नेपाली जनसम्पर्क समिति इजरायलले भव्यताका साथ स्वर्गीय वीपी कोइरालाको ३७ औं स्मृति दिवस मनाएको छ । समितिको ऐतिहासिक तेश्रो वार्षिक स्थापना दिवस इजरायलको तेल अभिव याफोमा उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको समितिका महामन्त्री राज छत्कुली बताए।

कार्यक्रममा खगेश्वर अधिकारी सभापति थिए भने प्रमुख अतिथिमा संस्थाका प्रमुख सल्लाहकार डम्बर बहादुर गुरुङ थिए | साथै अतिथिहरुमा संस्थाका सल्लाहकार हरु सुरेन्द्र प्रसाइ, अर्जुन पौडेल, भरत लामा, रमन अधिकारी थिए । कार्यक्रममा नेपाली कांग्रेसका संस्थापक नेता महामानव स्वर्गीय वीपी कोइरालाको फोटोमा माल्यार्पण गरि नेपाली जनसम्पर्क समिति इजरायलको स्थापना दिवसको अवसरमा केक काटेर उद्घाटन गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय गान बजाएर रास्ट्र प्रति सम्मान गर्दै ज्ञात-अज्ञात शहिदहरुलाइ सम्झिदै १ मिनेट मौनधारणा गरिएको थियो । कार्यक्रमको सन्चालक संस्थाका महामन्त्री सुर्य रानाले गरेका थिए | त्यस्तै स्वागत मन्तव्य संस्थाकी उपसभापति नितु कार्कीले दिएकी थिइन्  भने कार्यक्रममा सल्लाहकार सुरेन्द्र प्रसाईं , समाजसेवी नेहा गुरुङ , सहमहामन्त्रीहरु प्रभा घिमिरे , इन्दिरा सुवेदी , महामन्त्री राज छत्कुली , उपसभापति गौरी माया सुवेदी  र संस्थाका प्रमुख सल्लाहकार डम्बर गुरुङ ले आ-आफ्नो महत्त्वपूर्ण मन्तब्य राखेका थिए । मन्तव्यमा वीपीले देखाएको समाजवादलाइ अगाल्दै देशमा सु-शासन, स्थायित्व अनि आर्थिक बिकासका लागि आगामी दिनहरुमा केन्द्रिय नेताहरुले पहल गर्नुपर्ने सुझाव सम्पूर्ण वक्ताहरुले राखेका थिए |

अन्त्यमा संस्थाका सभापति खगेश्वर अधिकारी ले आफ्नो मन्तब्य राख्दै कार्यक्रम सकिएको घोषणा गर्दै सभा बिसर्जन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ